ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसीपमा साबिक विजेता एपीएफको अपराजित यात्रा

चितवन टाइग्रेसलाई ३–० को सेटमा पराजित गर्दै एपीएफले जितको यात्रालाई निरन्तरता दिएको हो, एपीएफले चितवनमाथि २५–१०, २५–१८ र २५–१० को सेटमा जित निकाल्यो । जितसँगै शीर्ष स्थानको एपीएफले ८ खेलबाट २३ अंक जोडेको छ ।

जनसम्मत
माघ २३, २०७६, बिहीवार

पोखरा । राजधानीमा जारी १५ औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसीपमासाबिक विजेता विभागीय सशस्त्र प्रहरी बलको एपीएफले अपराजित यात्रा कायम राखेको छ ।

काठमाण्डौंको गोङ्गबुको नयाँबसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा बुधबार चितवन टाइग्रेसलाई ३–० को सेटमा पराजित गर्दै एपीएफले जितको यात्रालाई निरन्तरता दिएको हो । एपीएफले चितवनमाथि २५–१०, २५–१८ र २५–१० को सेटमा जित निकाल्यो । जितसँगै शीर्ष स्थानको एपीएफले ८ खेलबाट २३ अंक जोडेको छ ।

च्याम्पियनसीप अन्तर्गत बुधबार भएको अर्को खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले दोहोरो जित निकालेको छ । आर्मीले पहिलो खेलमा ढोरपाटन क्लबमाथि २५–९, २५–९ र २५–११ को सोझो सेटमा जित निकाल्यो । दोस्रो खेलमा आर्मीले पारामाउन्ट स्कुलमाथि २५–१०, २५–२० र २५–९ को सेटमा हराएको थियो । दोहोरो जितसँगै आर्मीले ७ खेलबाट १५ अंक जोडेको छ ।

यस्तै, बुधबार नै भएको खेलमा विभागीय नेपाल पुलिस क्लबले न्यू–डायमण्ड स्पोर्ट्समाथि ३–१ को सेटमा पराजित गरेको छ । मुख्य स्पाइकर प्रतिभा माली बिनाको न्यू–डायमण्डलाई पुलिसले १४–२५, २५–१९, २७–२५ र २५–१७ को सेटमा हरायो । यस जितसँगै पुलिसले ७ खेलबाट १९ अंक जोडेको छ । न्यू–डायमण्डको १२ अंक रहेको छ ।

च्याम्पियनसीपकै अर्को खेलमा बुलबुले रारा क्लबले चितवन टाइग्रेसलाई २५–१९, २३–२५, २६–२४,२२–१५ र १६–१४ को सेटमा हरायो ।