पोखरा म्याराथनलाई सफल पार्न वडा नं ११ र १५ को प्रतिबद्धता

भुतपूर्व खेलाडी मञ्च पोखराको आयोजनामा यही फागुनको ३ गते पोखरामा हुने म्याराथनका लागि उक्त म्याराथनमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाएका हुन्

जनसम्मत
माघ २३, २०७६, बिहीवार

पोखरा । पोखरा महानगरपालिकाको वडा नं ११ र १५ ले यहाँ हुने १४ औं संस्करणको अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथनलाई सफल बनाउन प्रतिबद्धता जनाएका छन् ।

भुतपूर्व खेलाडी मञ्च पोखराको आयोजनामा यही फागुनको ३ गते पोखरामा हुने म्याराथनका लागि उक्त म्याराथनमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाएका हुन् ।

उक्त वडाका वडाध्यक्षहरुले म्याराथनका दिन वडाभित्रका टोलविकास संस्था लगायतका सामाजिक संघसंस्था, स्थानीय आमा समूह र क्लबहरुलाई परिचालन गर्ने प्रतिबद्धता जनाए ।

पोखरा महानगरपालिका वडा नं १५ का वडाध्यक्ष प्रकाश पौडेलले आफ्नो वडाको तर्फबाट पोखरा म्याराथनलाई पूर्ण रुपले सहयोग गर्ने जनाए । उनले वडाका जनप्रतिनिधि लगायत सामाजिक संघसंस्था, टोलविकास संस्था, स्थानीय आमा समूह र क्लबहरुलाई पूर्ण रुपले परिचलन गर्ने बताए ।

‘पोखरा, गण्डकी प्रदेशको साथसाथै पर्यटनको समेत राजधानी हो,’ वडाध्यक्ष पौडेलले भने, ‘नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हुन लागेको म्याराथनले पोखराको खेलकुद पर्यटनमा समेत सघाउ पु¥याउँछ । पोखरा खेलकुदको हब समेत हो । म्याराथनले पोखरालाई चिनाउँछ । पोखराकै सबैभन्दा ठूलो खेलकुद इभेन्ट पोखरा म्याराथनलाई वडाको तर्फबाट सक्दो सहयोग पु¥याउनेछौं ।’

रेन्बो चिल्ड्रेन होमका सहायक प्रिन्सिपल खेमनारायण ढकालले म्याराथनमा सहभागी वडावासीका लागि आयोजकको व्यवस्थापनमा कमी हुन नहुने बताए । म्याराथन रुटको दायाँवायाँ स्वागतका लागि बसेकाहरुलाई म्याराथनको समाप्तिको सूचना लगायत आयोजकले धन्यवाद दिनुपर्नेमा ढकालले जोड दिए ।

पोखरा महानगरपालिका वडा नं ११ का जनप्रतिनिधिले समेत पोखरा म्याराथनलाई सफल पार्न विविध कार्यक्रम गर्ने प्रतिबद्धता जनाए । वडा नं ११ भित्रका टोलविकास संस्था लगायत सामाजिक संघसंस्था, स्थानीय आमा समूह र क्लबहरुले म्याराथन धावकको स्वागतका लागि सक्रिय रहने जनाए ।

धावकहरुको स्वागतका लागि रुटको दायाँवायाँ जलको कलश र घडासहित संस्थाको नामसहित जनचेतनामूलक नारा लेखिएको ब्यानरसहित म्याराथनमा सक्रिय सहभागिता जनाउने उनीहरुको प्रतिबद्धता थियो ।

भुतपूर्व खेलाडी मञ्च पोखरासँगको कार्यक्रममा उक्त वडाका वडा सदस्यहरु जंगबहादुर हमाल ठकुरी, मीनबहादुर गुरुङ, तीर्थकुमारी गुरुङ, टुकरा परियार जनप्रतिनिधि तथा टोलविकास संस्था, सामाजिक संघसंस्था, स्थानीय आमा समूह र क्लबका अध्यक्ष पदाधिकारी र सदस्यहरुको सहभागिता थियो ।

यस पटकको पोखरा म्याराथनलाई खेलकुदमार्फत विश्वमा शान्ति फैलाउन सकिन्छ भन्ने मान्यतालाई समेत उपयोग गरिदैंछ । यसै संस्करणको पोखरा म्याराथनमा ‘शान्तिका लागि दौड’ मा १३ देशका १७ जना विदेशी धावकहरुले विश्वमा शान्ति फैलाउने उद्देश्यले दौडने भएका छन् ।

उनीहरुले पिस रनको टर्च सहित दौडने शान्तिका लागि दौडका नेपाल संंयोजक श्वेता प्रधानले बताइन् । प्रधानका अनुसार विश्वको १ सय ५० भन्दा बढि देशमा विश्व शान्तिका लागि पिस रन टर्च बालि सकेको उल्लेख गरिन् ।

नेपालमा सन १९९४, १९९८ र २०१८ को वर्षहरुमा पिस रन टर्चको प्रदर्शन गरिएको प्रधानको भनाई थियो । प्रधानले भनिन्, ‘पोखरामा सन २०१८ को पोखरा म्याराथनमा पिस रन टर्चलाई पहिलो पटक प्रदर्शन गरिएको थियो । त्यसपछि, यस संस्करणको म्याराथनमा उक्त पिस रन टर्र्च पोखरा आउनेछ ।’