एपीएफ र नेपाल पुलिसलाई उत्कृष्ट भलिबल टिमको एनभीए अवार्ड

नेपाल भलिबल संघले शनिबार तेश्रो एनभीए अवार्ड कार्यक्रमको आयोजना गरी एपीएफ र नेपाल पुलिसको टिमलाई नगद १ लाख सहित सम्मान गरेको हो

जनसम्मत
माघ २८, २०७६, मंगलवार

पोखरा । सशस्त्र प्रहरी बलको एपीएफ क्लब महिलातर्फ र नेपाल पुलिस क्लबले पुरुषतर्फ २०७५ वर्षको उत्कृष्ट भलिबल टिमको सम्मान पाएको छ ।

नेपाल भलिबल संघले शनिबार तेश्रो एनभीए अवार्ड कार्यक्रमको आयोजना गरी एपीएफ र नेपाल पुलिसको टिमलाई नगद १ लाख सहित सम्मान गरेको हो ।

नेपाल भलिबल संघद्वारा सम्वन्धन प्राप्त प्रतियोगिताहरुमा एपीएफले महिलातर्फ १० मा ९ प्रतियोगिता जित्दै उत्कृष्टता हासिल गरेको हो । यस्तै, पुरुषतर्फ ९ खेलमध्ये ६ खेलमा विजयी बन्दै नेपाल पुलिस उत्कृष्ट टिम घोषित भएको हो ।

यस्तै, खेलाडीतर्फ महिलामा एपीएफ क्लबकी सरस्वती चौधरी र पुरुषमा नेपाल पुलिसका कुलबहादुर थापा वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । भलिबलका उदीयमान खेलाडीहरुमा महिलातर्फ उषा भण्डारी (पुलिस क्लब) र सरण सामरी क्षत्री (त्रिभुवन आर्मी क्लब) घोषित भएका छन् ।

यसैगरि, महिलातर्फ एपीएफका ज्ञानेन्द्र बिष्ट र पुरुषतर्फ पुलिसका सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरुले समान २५/२५ हजार सहित सम्मानपत्र प्राप्त गरे ।

यसैगरि भलिबल खेलमा लामो समयसम्म आवद्ध रहेर भलिबल खेलाडी जीवनबाट सन्यास लिएकी कोपिला उप्रेतीलाई संघले सम्मान स्वरुप ५० हजार सहित सम्मानपत्रले सम्मान ग¥यो । उप्रेतीले ६१ सालदेखि अनवरत रुपमा भलिबल खेलको खेलाडीको रुपमा आफूलाई उभ्याएकी थिइन् ।

न्यू डायमण्ड एकेडेमीका संस्थापक एवं प्रशिक्षक तथा नेपाल भलिबल संघ बिद्यालय कमिसनका उपाध्यक्ष कुमार राईलाई समेत २५ हजारसहित अभिनन्दनपत्रले सम्मान गरेको छ । नेपालमा भलिबल खेलको बिकास र विस्तारमा योगदान पु¥याएको भन्दै राईलाई अभिनन्दन गरेको हो ।

नेपालमा भलिबल खेलको विकासमा सहयोग पु¥याउएको भन्दै नेदरल्याण्ड भलिबल संघका बिकास निर्देशक मि. पिटर भान तरेललाई समेत सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ ।

नेपाल भलिबल संघले आफ्ना खेलाडी, प्रशिक्षक तथा टिमलाई विभिन्न खेलमा देखाएको उत्कृष्ट नतिजाका आधारमा मुल्याङ्कन गर्दै बिगत तीन बर्षदेखि सम्मान गर्दै आएको छ ।

शनिबार एक कार्यक्रमबीच संघीय प्रतिनिधिसभा सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बर्षका उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा टिमलाई पुरस्कार सहित सम्मानपत्र प्रदान गरेका हुन् ।

सोही कार्यक्रमका दौरान बंगलादेशको राजधानी ढाकामा आयोजना भएको प्रथम एभीसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीप–२०१९ मा विजय हासिल गर्दै राष्ट्रको नाम उच्च राख्न सफल नेपाली महिला भलिबल टिमका प्रत्येक सदस्यहरुलाई समेत २५/२५ हजार सहित सम्मान गरेको थियो ।