पोखरामा भेट्रान सुपर सिक्स क्रिकेट प्रतियोगिता

माछापुच्छ्रे क्रिकेट क्लबको आयोजना र वाइन किङको मुख्य प्रायोजनमा भेट्रान सुपर सिक्स क्रिकेट प्रतियोगिता भएको हो

जनसम्मत
माघ २८, २०७६, मंगलवार

पोखरा । पोखरा मा भेट्रान सुपर सिक्स क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

माछापुच्छ्रे क्रिकेट क्लबको आयोजना र वाइन किङको मुख्य प्रायोजनमा भेट्रान सुपर सिक्स क्रिकेट प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ ।

खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले सहभागी टिमका कप्तानहरुलाई जर्सी हस्तान्तरण र ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरे । उद्घाटनमा बोल्दै उनले प्रतियोगिताले युवापुस्तालाई क्रिकेटप्रतिको लगाव बढाउन प्रेरित गर्ने उल्लेख गरे ।

पोखरा रंगशालाास्थित क्रिकेट मैदानमा भएको दिपेश खत्रीको कप्तानीमा रहेको टिम मिराकल ग्लाडियटर्स प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा मिराकलले स्याङजा रिवल्सलाई ७ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

टस जितेर व्याटिङमा उत्रिएको मिराकलले विना विकेटको क्षतिमा ६२ रनको योगफल तयार पारेको थियो । कप्तान दिपेश खत्रीले २५ रनको योगदान दि एभने रफिक लङ्गु (आलम)ले २९ रनको योगदान दिए । स्याङ्जाले ६३ रनको लक्ष्य पछ्याउने क्रममा केवल ५५ रनमै समेटिएको थियो । खेलमा ‘म्यान अफ दी म्याच’ आलम घोषित भए ।

न्युरोड ब्लाष्टर्स र साग्रिला भेट्रान्सबीचको सेमिफाइनल खेल भने वर्षाका कारणले स्थगित हुन पुगेको छ । आगामी शनिबार सेमिफाइनल र फाइनल खेल हुने आयोजक माछापुच्छ्रे क्रिकेट क्लबका अध्यक्ष दिपेश खत्रीले जानकारी दिए । न्युरोड र सांग्रिलाको विजेताले उपाधिको लागि मिराकलसंग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाश क्षत्रीको कप्तानीमा रहेको स्याङजा रिवल्स, योगेश सुवेदीको कप्तानी रहने फेवा वारियर्स, प्रकाश श्रेष्ठले नेतृत्व गरेको न्युरोड ब्लाष्टर्स, दिपेन्द्रप्रताप चन्दको कप्तानीमा रहेको सांग्रिला भेट्रान्स, विरेन पुनको कप्तानीमा रहेको वाइन किङ फाइटर्स, दिपेश खत्रीको कप्तानीमा रहेको मिराकल ग्लाडियटर्सले प्रतिस्पर्धामा उत्रिएका छन । ३० वर्ष माथिको उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गराइएको यो पहिलो प्रतियोगिता हो ।

प्रत्येक खेलमा ‘म्यान अफ दी म्याचलाई पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर, प्लेयर अफ दि सिरिज सहित विजेता तथा उपविजेतालाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ ।