हूमीले जितिन् द टाइम्स रोड रेस

हूमीले निर्धारित दूरी २१ मिनेट २१.९८ सेकेन्डमा पूरा गरिन्

जनसम्मत
माघ २८, २०७६, मंगलवार

पोखरा । हूमी बुढामगरले महिलातर्फ तेश्रो द टाइम्स ५ किलोमिटर रोड रेस जितेकी छन् ।

गत संस्करणको समेत विजेता शहीद रामनाथ मल्टिपल कलेजकी हूमीले निर्धारित दूरी २१ मिनेट २१.९८ सेकेन्डमा पूरा गरिन् । हूमीले १५ हजार पुरस्कार जितिन् । जोसेफ उमाविकी प्रीति राई दोश्रो बनिन् ।

प्रीतिले निर्धारित दूरी २२ मिनेट ५१.०९ सेकेन्डमा पूरा गरेकी थिइन् । प्रितिले १० हजार जितिन् । नेपालय एजुकेसन फाउन्डेसन स्कुलकी विनिता तामाङ तेश्रो बनिन् । विनिताले २३ मिनेट ०७.७९ सेकेन्ड समय लगाएर निर्धारित दूरी पूरा गरेकी थिइन् । विनिताले ५ हजार पुरस्कार जितिन् ।

तस्बीर : हूमी बुढामगर फेसबुकबाट