कोपिला उप्रेतीको अन्तराष्ट्रिय भलिबल खेलको करियरबााट सन्यास

जनसम्मत
माघ २८, २०७६, मंगलवार

पोखरा । राष्ट्रिय भलिबल खेलाडी कोपिला उप्रेती ले अन्तराष्ट्रिय भलिबल खेलबाट सन्यास लिएकी छिन् ।

विभागीय टिम नेपाल पुलिस क्लबमा आबद्व कोपिलाले अन्तराष्ट्रिय करियरबाट सन्यासको घोषणा गरेकी हुन् ।

सुदुरपश्चिमबाट क्षेत्रबाट भलिबल करियर सुरु गरेकी कोपिलाले करिब डेढ दशक क्लब र राष्ट्रका लिग भलिबल खेल्दै आएकी थिइन् । २०६४ सालमा काठमाडौंमा आयोजित १३ औ राष्ट्रिय प्रतियोगितामा उनी सार्वजनीक संस्थानबाट सहभागी भएकी थिइन् । सो प्रतियोगिताबाट छनोट भएर उनले राष्ट्रिय टिममा स्थान बनाएकी हुन् ।

कोपिलाले राष्ट्रिय टिमबाट सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको १० औं दक्षिण एसियाली खेलकुद (साग)मा पहिलो पटक सहभागिता जनाएकी थिईन् । कोपिला २०६८ सालमा पुलिस क्लबमा आबद्व भएकी थिइन् । अन्तिम पटक उनी सन् २०१६ मा भारतमा भएको १२ औं सागमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । कोपिला सहभागी नेपाली महिला भलिबल टिमले थुप्रै अन्तराष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेको छ ।

श्रीलंकामा भएको १० औं सागमा नेपाललाई कांस्य पदक जिताउन महत्वपूर्ण भूमिका खेलेकी कोपिलाले १२ औं सागमा समेत कांस्य पदक दिलाएकी थिइन् । सन् २०१४ मा भएको पहिलो साउथ एसियन महिला भलिबल च्याम्पियनसीपमा रजत पदक जितेकी उनले माल्दिभ्समा भएको एभीसी कन्टिनेन्टल कपमा स्वर्ण पदक जितेकी थिइन् ।

२०१८ मा फिबा महिला विश्व भलिबल च्याम्पियनसीपमा रजत जितेकी कोपिलाले माल्दिभ्समा भएको एसियन सेन्ट्रल जोनको छनोट प्रतियोगितामा समेत रजत पदक हात पारेकी थिइन् ।

कोपिलाले विभागीय टिम पुलिसबाट धेरै घरेलु प्रतियोगितामा उपाधि जित्नुका साथै व्यक्तिगततर्फ उत्कृष्ट खेलाडी घोषित भएकी छिन् । नेपाल भलिबल संघले शनिबार एक कार्यक्रमका बीच कोपिलालाई सम्मान गर्दै अन्तराष्ट्रिय करियरको सुखद बिदाई गरेको छ । कोपिलालाई संघले ५० हजार सहित सम्मान गरिएको थियो ।

ढोरपाटन महिला डबल लिग एपीएफको अपराजित यात्रा कायमै

राजधानीमा जारी १५ औं संस्करणको ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा साविक विजेता विभागीय टोली नेपाल एपीएफ क्लबले अपराजित यात्रा कायम राखेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा आइतबार दोस्रो चरणको दोस्रो खेलमा बुलबुले रारा क्लबलाई ३–० को सोझो सेटमा जित निकाल्दै एपीएफले अपराजित यात्रालाई कायम राखेको हो ।

एपीएफले बुलबुलेमाथि २५–१५,२५–१२ र २५–१६ को सेटमा जित निकाल्यो । जितसँगै शीर्ष स्थानको एपीएफले ११ खेलबाट ३२ अंक जोडेको छ । बुलबुले १४ अंकसहित छैटौं स्थानमा छ ।

आइतबार नै भएको अर्को खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले बुलबुले क्लबलाई नै हराएर एपीएफमाथि दबाब कायम राखेको छ । पुलिसले बुलबुलेमाथि २५–१५,२५–१६ र २५–१९ को सेटमा जित निकाल्यो ।

जितसँगै पुलिसले ११ खेलबाट ३१ अंक जोडेको छ । जारी लिगमा पुलिस दोस्रो स्थानमा छ । पुलिस एपीएफ भन्दा १ अंकले मात्र पछाडि छ ।

यस्तै, आइतबार नै त्रिभुवन आर्मी क्लबले चितवन टाइग्रेसलाई ३–१ को सेटमा जित निकाल्यो । आर्मीले चितवनमाथि २५–२१, २७–२५, २५–२७ र २५–१६ को सेटमा जित निकालेका हो । जितसँगै आर्मी ११ खेलबाट २४ अंक जोडेर जारी लिगको तेस्रो स्थानमा छ ।

त्यसैगरी, चितवनले अर्को खेलमा न्यू–डायमन्ड स्पोर्टस् क्लबमाथि ३–२ को सेटमा जित निकालेको छ । चितवनले न्यू–डायमन्डलाई २५–२७, २६–२४, २५–१४, १७–२५ र १५–७ को सेटमा जित निकाल्यो । जितसँगै चितवनले १३ खेलमा १८ अंक जोडेको छ । चितवन पाँचौं स्थानमा रहेको छ । न्यू–डायमन्डको १९ अंक रहेको छ । न्यु डायमन्ड चौंथो स्थानमा रहेको छ ।