खिमनाथले जिते लेखनाथ सहकारी मिनि म्याराथन दौड

सहकारी संस्थाको १२ औं स्थापना दिवस तथा ११ औं वार्षिकोत्सवको अवसरमा मिनी म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको हो

जनसम्मत
माघ २८, २०७६, मंगलवार

पोखरा । खिमनाथ शर्माले लेखनाथ वचत तथा ऋण सहकारी संस्था आयोजना गरेको पुरुषतर्फको म्याराथन दौड जितेका छन् ।

सहकारी संस्थाको १२ औं स्थापना दिवस तथा ११ औं वार्षिकोत्सवको अवसरमा मिनी म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको हो ।

सहभागी सेयर सदस्यहरुको दौडमा ५६ जनालाई पछि पार्दै खिमनाथले पुरुषतर्फको म्याराथन दौड जितेका हुन् । उनले १७ मिनेट ३४ सेकेण्डमा ४ कि.मी.को निर्धारित दूरीलाई पार गर्दै म्याराथनको दौड जितेका हुन् ।

त्यस्तै, उक्त स्पर्धामा पुरुषतर्फ सूर्यराज बस्ताकोटी दोस्रो, षडानन्द शर्मा तेस्रो र बिष्णु शर्मा चौथो बने ।

महिलातर्फ पवित्रा लामिछानेले म्याराथन दौड जितिन् । उक्त स्पर्धामा अञ्जु खड्का दोस्रो, नारायणी अधिकारी तेस्रो र शोभा भुजेल शान्त्वना स्थानमा आए ।

पहिलो बनेका खिमनाथ र पवित्राले ५/५ हजार पुरस्कार जिते । दोस्रो बनेका सूर्यराज र अञ्जुले समान ३/३ हजार पुरस्कार जिते ।

तेस्रो बनेका षडानन्द र नारायणीले २/२ हजार पुरस्कार जिते । त्यस्तै, शान्त्वना स्थान हासिल गरेका बिष्णु र शोभाले समान १/१ हजार पुरस्कार पाए ।

सहकारीका सेयर सदस्यबीच मित्रता र भाईचाराको सम्वन्ध विस्तार गर्न ’स्वास्थ्यका लागि दौड’भन्ने मूल नाराका सहित आयोजना गरिएको म्याराथन दौड पूरा गर्ने सेयर सदस्यहरुलाई जनही ५/५ सय प्रदान गरिएको थियो ।