पोखरामा आइटीएफ यु–१८ सर्किट–२ टेनिस शुरु

प्रतियोगितामा नेपाल, भारत, जर्मन अमेरिका, कोरिया, फ्रान्स , जापान, चीन, मलेसिया, केन्या, सिंगापुर, हङकङ लगायत देशका ८४ जना स्वदेशी तथा विदेशी खेलाडीहरुले एकल/डबल इभेण्टमा प्रतिस्पर्धा गर्दैछन्, नेपालको महिलातर्फ १३ र पुरुषतर्फ ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्

जनसम्मत
माघ २८, २०७६, मंगलवार

पोखरा । आइटीएफ यु–१८ सर्किट–२ टेनिश प्रतियोगिता सोमबारदेखि पोखरामा शुरु भएको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले पोखरा रंगशालास्थित टेनिसकोर्टमा प्रतियोगिताको एक कार्यक्रमबीच उद्घाटन गरे ।

अन्तराष्ट्रिय टेनिस फेडेरेशन (आइटीएफ) को निर्देशनमा कास्की जिल्ला टेनिस संघले आयोजना गरेको उक्त प्रतियोगितामा नेपालका १८ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

सोमबार भएको पुरुषतर्फको एकल खेलमा जर्मनीका पउल आर्मिन अबल्रेजले नेपालका समेक बज्राचार्यमाथि ६–३ र ६–१ को जित निकाल्यो । भारतका हिरक भोराले नेपालका प्रसिद्ध मोक्तानलाई ६–० र ६–० ले हरायो । त्यस्तै, अर्को खेलमा भारतका आदित्य बरदानले सिंगापुरका म्याथु जोन स्टोनलाई ६–० र ६–१ ले पाखा लगायो ।

त्यसैगरि, जापानका सोगो सनाडाले नेपालका अकि जुवेन रावतलाई ६–१ र ६–० ले हरायो । भारतका कृशन होदाले जापानका ताकुमी वातानावेको चुनौतिलाई ६–१, ४–६ र ७–६ को (४) टाइब्रेकमा पन्छायो । अर्को खेलमा मलेसियाका क्रिश्चियन आन्द्रे सेग्ल्युमाथि जापानका सनरु ताकाजिमाले ६–१ र ६–३ को जित निकाल्यो ।

त्यस्तै, भारतका प्राञ्जल तिवारीले सर्भियाका मार्को जेब्रोमोभिकको चुनौतिलाई ५–७, ६–३ र ६–३ ले पन्छायो । केन्याका जेसन एम्बोगोरोले भारतका कार्तिक परहरमाथि ३–६, ६–३ र ६–४ ले जित निकाल्यो ।

महिला एकलतर्फको खेलमा जापानका रेना तमाकाले नेपालकी सर्वानी श्रेष्ठलाई १–० को रिटायरमेन्ट दियो । अर्को खेलमा नेपालकी सलोनी तामाङले भारतकी इलिना झालाई ६–२ र ६–० ले पन्छाइन् ।

त्यस्तै, भारतकी गार्गी पावरले नेपालकी निमिषा ढकाललाई ६–१ र ६–० ले जितिन् । मलेसियाकी हुई ई शोले नेपालकी श्रीस्ता राईलाई ६–१ र ६–ले हराइन् । नेपालकी पे्ररणा कोइरालाले भारतकी खुशाली मोदीमाथि ६–२ र ७–५ ले जित निकालिन् । सिंंगापुरकी दिएन्ए चूले नेपालकी सुवाङ््गीलक्ष्मी शाहलाई ६–१ र ६–० ले हराइन् । भारतकी रिया उबोभोजाले हङकङकी नाओमी हागीलाई ६–३ र ६–० ले पराजित गरिन् ।

सोमबार नै भएको पुरुषको डबल्सतर्फ भारतका जैसभीन सिडाना र आदित्य बरदान राय चौधरीको जोडीले जापानका नागामित्सु कुरोदा र नेपालका प्रसिद्ध मोक्तानको जोडीमाथि ६–० र ६–० को जित निकाल्यो । त्यस्तै चीनका क्वीङ लिहाओ र फ्रान्सका लुकास फान्थालाको जोडीले नेपालका अकि जुवेन रावत र निहालजंग बहादुर थापाको जोडीमाथि ६–१ र ७–५ को जित निकाल्यो ।

भारतका अमन आदित्य र हिरक भोराको जोडीले अमेरिकाका देवहर्षित नीलम र भारतका वायत ओब्रिनको जोडिलाई ६–२ र ६–० ले हरायो । हङकङका म्याक्स शुन वाङ क्वोक र भारतका युभान नन्दालको जोडीले भारततका कार्तिक परहर र टोरुस रावतको जोडीलाई ६–४ र ६–३ ले पन्छायो ।

सोमबार नै भएको महिलाको डबल्सतर्फ नेपालकी श्रीया भट्टराई र भारतकी इशिता दाहुत्ता जोडीको चुनौतिलाई चीनका शु हाङ लियाङ र भारतका रज्भी पञ्चलको जोडीले ६–४ र ६–० को अन्तरले पन्छायो ।

खेलाडीले अकं जोड्नका लागि मात्रै यस टुर्नामेन्ट खेल्ने भुजको भनाई थियो । फाइनल जित्ने खेलाडीले ३० अंक प्राप्त गर्नेछ । दोस्रोले १८ अंक पाउनेछ । सेमिफाइनलिस्टले ९ अंक जोड्नेछन् । क्वाटरफाइनलिस्ट खेलाडीले ५ अंक बनाउनेछन् । एक खेल जित्ने खेलाडीले २ अंक मात्रै बनाउनेछ ।

प्रतियोगितामा नेपाल, भारत, जर्मन अमेरिका, कोरिया, फ्रान्स , जापान, चीन, मलेसिया, केन्या, सिंगापुर, हङकङ लगायतका देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् । ¥याङ्किङको लागि नेपालको महिलातर्फ १३ र पुरुषतर्फ ५ खेलाडीले पोखरामा प्रतिस्पर्धा गर्दैछन् ।

यु–१८ का नेपाली खेलाडीमध्ये शीर्ष बरियताका पुरुषतर्फ आर्यन गिरी र महिलातर्फकी अभिलाषा विष्टले समेत प्रतिस्पर्धा गर्दैछन् । पोखराबाट नेहालजंग थापा र श्रेया भट्टराई अंकका लागि प्रतिस्पर्धामा छन् । उनीहरुसँगै ८४ जना स्वदेशी तथा विदेशी खेलाडीहरुले एकल/डबल इभेण्टमा प्रतिस्पर्धा गर्नेछन् ।

यस सर्किट–२ को टेनिस प्रतियोगितामा प्रतिस्पर्धीले अंकको लागि खेल्ने छन् । जुनियर टेनिसमै खेलाडीले प्राप्त गर्ने अंकबाटै व्यवसायिकतामा फड्को मार्नेछन् । प्राप्त अंककै आधारमा खेलाडीहरुलाई ग्राण्डस्लाम खेल्ने अवसर सृजना हुनेछ । आगामी शनिबारसम्म प्रतियोगिता हुनेछ । पोखरा रंगशालास्थित ६ वटै टेनिस कोर्टमा खेल संचालन गरिएको छ ।

कास्की जिल्ला टेनिस संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड सदस्य राजेशकुमार गुरुङलाई उद्घाटन कार्यक्रममा सम्मान समेत ग¥यो । पोखरा रंगशालामा टेनिसको पूर्वाधार निर्माणमा योगदान पु¥याएको भन्दै बोर्ड सदस्य गुरुङलाई गण्डकी प्रदेश योजना आर्थिक मामिला मन्त्री किरण गुरुङले सम्मानपत्र प्रदान गरे ।

संघको पहलमा ५ वटा कोर्ट र राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोगमा एउटा क्ले कोर्ट निर्माण गरिएको हो । परिषदको २ करोड ५० लाखको बजेटमा क्ले, हार्ड कोर्टसहित आवश्यक चेञ्जिङ रुम, फिडव्याक रुम, शौचालय तथा अफिससहितको पूर्वाधार तयार गरेको छ ।

प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद एवं जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति लगायतको सहयोग सहने लामाको भनाई छ ।