सफल म्याराथनमा सहभागी हुन युनेस्कोका पूर्व अध्यक्ष डेभिड्सन पोखरामा

पोखरा म्याराथनमा पूर्व अध्यक्ष डेभिड्सनले शान्तिको कामना गर्दै ‘वल्र्ड पिस टर्च’ बालेर आफ्नो सहभागिता जनाउनेछन्

जनसम्मत
माघ २८, २०७६, मंगलवार

पोखरा । युनेस्कोका पूर्व अध्यक्ष डेभिड्सन पोखरा म्याराथनमा सहभागी हुन यहाँ आइपुगेका छन् ।

भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले डेभिड्सनलाई पोखरा विमानस्थलमा स्वागत गरेका हुन् ।

तीन दिनपछि पोखरामा हुने १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा दौडमार्फत विश्व शान्तिको कामना गर्न डेभिड्सन पाखरा आएका हुन् ।

यस संस्करणको पोखरा म्याराथनमा पूर्व अध्यक्ष डेभिड्सनले शान्तिको कामना गर्दै ‘वल्र्ड पिस टर्च’ बालेर आफ्नो सहभागिता जनाउनेछन् ।

पोखरा विमानस्थलमा ओर्लिएपछि छोटो कुराकानीमा डेभिड्सनले पोखरा म्याराथनमा सहभागी हुन मात्रै नभई पोखरा जस्तो सुन्दर शहरमा आउन पाउनु आफ्नो लागि गौरवको विषय भएको बताए ।

 

तस्विरः सुदर्शन रन्जित