यु–१८ सर्किट–२ टेनिस जारी, नेपाली खेलाडीको मिश्रित नतिजा

नेपालकी प्रेरणा कोइरालाले जापानकी कायदे हातानोलाई ६–१ र ६–२ ले हराएकी छन्, अर्को खेलमा सोलानी तामाङले हङकङकी इरिना कन्ना हागीकोव चुनौतिलाई ६–२ र ६–३ ले पन्छाइन्

जनसम्मत
फागुन २, २०७६, शुक्रबार

पोखरा । आइटीएफ यु–१८ सर्किट–२ टेनिस प्रतियोगिता पोखरामा जारी छ ।

पोखरा रंगशालास्थित टेनिस कोर्टहरुमा भएको महिलातर्फको एकल खेलमा नेपालका खेलाडीहरुले मिश्रित नतिजा निकालेका छन् ।

नेपालकी प्रेरणा कोइरालाले जापानकी कायदे हातानोलाई ६–१ र ६–२ ले हराएकी छन् । अर्को खेलमा सोलानी तामाङले हङकङकी इरिना कन्ना हागीकोव चुनौतिलाई ६–२ र ६–३ ले पन्छाइन् ।

यसैगरि, नेपालकी अभिलाषा बिष्टले भारतकी मिली चुगलाई ६–३ र ६–२ ले पराजित गरिन् । त्यस्तै, भारतकी गार्गी पावरसँग नेपालकी सर्वाणी श्रेष्ठ ६–० र ६–१ ले पराजित बनेकी छन् ।

महिला एकलतर्फको अन्य खेलमा चीनकी शुआङ लिआङले मलेसियाकी हुई ई सूलाई ७–५ र ७–५ ले हराइन् । भारतकी रुदया शाहमाथि चीनकी हुआई झाङले ६–२, ४–६ र ६–४ ले जित निकालिन् ।

अर्को खेलमा जापानकी आओका नागासावाले भारतकी रिया उबोभेजामाथि ६–३ र ६–४ ले पराजित गरिन् । सिंगापुरकी देआन्ने चूले रज्भी पञ्चलमाथि ६–० र ६–२ कै सेटमा जित निकालिन् ।

प्रतियोगिता अन्तर्गत पुरुषतर्फको एकल खेलमा भारतका अमन आदित्यले मलेसियाका हेदेन खू मेननलाई ६–२ र ६–३ ले पराजित गरे । त्यस्तै, भारतका जैशभिन सिडानाले जापानका ¥योहेइ मियाकेलाई ६–१ र ६–१ ले हराए ।

त्यसैगरि, जापानका सातोरु नाकाजिमाले भारतका हीरक भोरामाथि ६–३ र ६–० ले जित निकाले । जर्मनीका पाउल आर्मिन अल्ब्रेच्टले फ्रान्सका लुकास फान्थलाको चूनौतिलाई ६–२ र ६–४ ले पन्छाए । त्यस्तै, जापानका सोगो सानादाले भारतका प्राञ्जल तिवारीको चुनौतिलाई ३–६, ६–० र ६–२ ले पन्छाए । भारतका टोरुस रावतले केन्याका जेसन एम्बोगोरामाथि ४–६, ७–५ र ६–४ ले जित निकाले ।

 प्रतियोगिताको पुरुष डबल्सतर्फ भारतका आदित्य वरदान राय चौधरी र जैशभिन सिडानाको जोडीले नेपालका सम्यक बज्राचार्य र आर्यन गिरीको जोडीलाई ६–३ र ६–२ ले पाखा लगाए ।

त्यस्तै, जापानका सातोरु नाकाजिमा र सोगो सनादाको जोडीले मलेसियाका हेदन खू मेनन र जापानका ¥योहेई मियाकेको जोडीलाई ६–१ र ६–५ ले जित निकाले ।

भारतका अमन आदित्य र हीरक भोराको जोडीले चीनका क्विङ लिहाओ र फ्रान्सका लुकास फान्थला जोडीमाथि ५–७, ६–३ र १०–८ को जित निकाले ।

योशिनोबु नाकात्सुजी र ताकुमी वातानावेको जापानी जोडीमाथि हङकङका म्याक्स शुन वाङ क्वोक र भारतका युभान नन्दलको जोडीले ६–३ र ६–२ ले पराजित गरे ।

यसैगरि, प्रतियोगिताको महिला डबल्सतर्फ मलेसियाका हुई ई सू र नेपालका सालोनी तामाङको जोडीले चीनकी केटिङ चेन र नेपालकी प्रकृति श्रेष्ठको चुनौतिलाई ६–२ र ६–३ पन्छाएका छन् ।

प्रतियोगिता अन्तर्गत महिलातर्फको डबल्समा अभिलाषा बिष्ट र ईरा मेहरनिस्सा रावतको नेपाली जोडीले भारतकी हात्भी चौधरी र नेपालकी प्रेरणा कोइरालाको जोडीमाथि ७–३, ५–७ र १०–५ को जित निकाले ।

महिलातर्फकै डबल्समा गार्गी पावर र रुदया शाहको भारतीय जोडीले इशाश्री शाह र शर्भानी श्रेष्ठको नेपाली जोडीको चुनौतिलाई ६–३ र ६–२ ले हराए ।

महिलातर्फकै डबल्सतर्फ हङकङकी इरिका कन्ना हागी र भारतकी रिया उबोभेजाको जोडीले चीनकी शुआङ लिआङ र भारतकी रज्भी पञ्चलको जोडीलाई ६–४ र ६–१ ले हराए ।