गण्डकी प्रदेशलाई टिम इभेन्ट्सको ह्याण्डबलबाट पहिलो स्वर्ण पदक

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता

जनसम्मत
वैशाख १२, २०७६, बिहीवार

नेपालगञ्ज । नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले टिम इभेन्ट्सको ह्याण्डबलबाट पहिलो स्वर्ण पदक हात पारेको छ ।

प्रतियोगिता अन्तरगत मंगलबार पुरुषतर्फको ह्याण्डवल खेलमा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको हो । नेपालगञ्ज रंगशालाको परिसरस्थित फाइनल खेलमा गण्डकी प्रदेशले विभागीय टोली सशस्त्र प्रहरी वलको एपीएफलाई ३७—३३ गोलको अन्तरले पराजित गर्दै गण्डकी प्रदेशले समुहतर्फ पहिलो स्वर्ण पदक प्राप्त गर्न सफल भएको हो ।

गण्डकीको जितमा सन्तोस श्रेष्ठले सर्वाधिक १६ गोलको योगदान दिए । त्यसै गरी कप्तान विशाल बस्नेतले ८, शरण थापाले ५, दिनेश श्रेष्ठले ४, चन्द्र केसीले ह्याट्रिक र विमल थापाले एक गोलको योगदान दिए ।

एपीएफका लोकेन्द्र चन्द र संजीव कार्कीले समान १० गोल गरेका हुन् । खेलको सुरुवातमै गोल खादै ६–२, ९–३ को नजितालाई पुनरागमन गर्दै गण्डकीले पहिलो हाफमा १२–१२ गोलको बराबरीमा पु¥याउन सफल भएको थियो । दोश्रो हाफमा सुधार गर्दै गण्डकीले जित हासिल गरेको हो ।

त्यसैगरी, महिलातर्फको ह्याण्डबलमा त्रिभुवन आर्मीले स्वर्ण पदक जितेको छ । फाइनलमा आर्मीले एपीएफलाई १७–१४ को गोल अन्तरले हराउँदै स्वर्ण पदक हात पारेको हो । आर्मीको जितमा कविता राईले सर्वाधिक ८ गोल गरिन् । एपीएफकी साधना बमले सर्वाधिक ४ गोल गरिन् ।

महिलातर्फको ह्याण्डवल खेलमा गण्डकी प्रदेशले कास्य पदक प्राप्त गरेको छ । तेश्रो स्थानको लागि भएको खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई ७–५ को गोल अन्तरले पराजित गर्दै कास्य पदक हात पारेको हो ।

गण्डकीको जितमा योगिता गुरुङले सर्वाधिक ४ गोलको योगदान दिइन् । कोमली खड्का, स्वेता गुरुङ र निश्मा बस्नेतले एक÷एक गोल गरे । प्रदेश नम्बर १ का जिना राई र निशा राईले समान दुई÷दुई गोल र रमिला बस्नेतले एक गोल गरेकी हुन् ।

उक्त खेलमाम गण्डकीकी गोलरक्षक बिमला भुजेलले उत्कृष्ठ प्रदर्शन गरिन् । प्रदेश नम्बर १ का खेलाडीहरुले पटक पटक पोष्टमा प्रहार गरेको बललाई गण्डकी प्रदेशकी गोलरक्षक विमलाले विफल पारिन् । उनले करिब ४ वटा वान भर्सेस वानको प्रहारलाई उत्कृष्ट बचाउ गरिन्।
यसैबिच, पुरुषतर्फको ह्याण्डवल खेलमा त्रिभुवन आर्मीले कास्य पदक हात पारेको छ । नेपलागन्ज रंगशाला परिसरमा तेस्रो स्थानका लागि भएको खेलमा आर्मीले प्रदेश नं ३ लाई ४२–२४ गोलको फराकिलो अन्तरले पराजित गर्दै कास्य पदक हात पारेको हो ।

ह्याण्डवलमा नेपाल पुलिस र एनआरएनबाहेक ९ टिमको सहभागिता थियो । वैशाख ५ गगे देखि उक्त प्रतियोगिता सुरु भएको थियो ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्वर तिमिल्सिना, राखेप सदस्य राजेशकुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, राखेपका पूर्वसदस्य खड्गबहादुर रानाभाट, नेपाल ह्याण्डवल संघका अध्यक्ष तेजबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

ह्याण्डबलमा विधागत सम्मान

टिम इभेन्टतर्फ गण्डकी प्रदेशले भने ह्याण्डबलबाट पहिलो स्वर्ण पदक हात पा¥यो । गण्डकी प्रदेशले एपीएफलाई ३७–३३ को गोल अन्तरले पराजित गरेको थियो । महिलातर्फको ह्याण्डवलमा आर्मीले एपीएफलाई पराजित गरी स्वर्ण पदक जितेको थियो ।

नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदअन्तरगत ह्याण्डबल खेलमा महिला, पुरुष दुवैतर्फ उत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कार वितरण गरिएको थियो ।

महिलातर्फको ह्याण्डबलमा विभागीय सशस्त्र प्रहरी बल एपीएफकी बन्दना राई उत्कृष्ठ खेलाडी बनिन् । त्यस्तै, विभागीय एपीएफकै सन्दीप कार्की पुरुषतर्फको उत्कृष्ठ खेलाडी बने ।

महिलातर्फ विभागीय नेपाली सेनाको त्रिभुवन आर्मीकी कविता राई र गण्डकी प्रदेशका सन्तोष श्रेष्ठ सर्वाधिक गोलकर्ता बने ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ह्याण्डबल खेल समापनसँगै प्रदेश नं ३ बाट ह्याण्डबल खेलेका अमर श्रेष्ठले सन्यास लिए । कार्यक्रममा लामो समय ह्याण्डबल खेल खेलेर खेलकुदमा योगदान पु¥याएकोमा अमर श्रेष्ठ, राजिनकुमार सिजापति र दिनेशकुमार बिष्टलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान ग¥यो ।

आर्चरीमा गण्डकीलाई ५ स्वर्ण ४ रजत र ३ कास्य

यसैबीच, गण्डकी प्रदेशले आर्चरी खेलमा ५ स्वर्ण ४ रजत ३ कास्य पदकसहित १२ वटा पदक हात पार्न सफल भएको छ । आर्चरीमा त्रिभुवन आर्मीले भने ५ स्वर्ण २ रजत र ५ कास्य पदकसहित ११ पदक हात पार्न सफल भएको प्रशिक्षक योगेन्द्र शेरचनले बताए ।

आर्चरी खुल्ला भएकोले उक्त मेडलको प्रतियोगितामा गणना नहुने भएको छ । हालसम्म गण्डकी प्रदेशले आर्चरी बाहेक ९ स्वर्ण पदक ल्याएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

गण्डकी प्रदेशलाई सुटिङमा २ स्वर्ण १ रजत पदक

नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत सुटिङ खेलमा गण्डकी प्रदेशले २ स्वर्ण १ रजत पदक हात पार्न सफिल भएको छ ।

एकल महिलातर्फ एयर पेष्तोलमा श्रृया केसी र उक्त ईभेण्ट पुरुषतर्फ विजय कार्कीले स्वर्ण पदक हात पार्दा समुह तर्फ गण्डकी प्रदेशले रजत पदक ल्याउन सफल भएको ओलम्पियन तथा प्रशिक्षक भगवती केसीले बताइन्। समुहमा श्रृया केसी र केबी पुन थिए ।