कामना विकास बैंकलाई कर्पोरेट सुपर सिक्सेस उपाधि

कीर्तिपुरमा सम्पन्न फाइनलमा भारतीय राजदूतावासलाई पराजित गर्दै कामना सेवा विकास बैंकले पहिलो पटक उपाधि जितेको हो

जनसम्मत
फागुन ८, २०७६, बिहीवार

पोखरा । कामना सेवा विकास बैंकले छैठौं संस्करणको माछापुच्छ्रे« बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता जितेको छ ।

काठमाडौँस्थित टियु क्रिकेट मैदान, कीर्तिपुरमा सम्पन्न फाइनलमा भारतीय राजदूतावासलाई पराजित गर्दै कामना सेवा विकास बैंकले पहिलो पटक उपाधि जितेको हो ।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कामना सेवा विकास बैंकले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय राजदूतावासले पूरा ५ ओभर ब्याटिङ गर्दै ५४ रन मात्र बनायो ।

भारतीय राजदूतावासको लागि सुभास सिंहले सर्वाधिक २८ रनको योगदान गरे । त्यसपछि, निरजकुमार सिंहले ११ रन जोडे । कामना सेवा विकास बैंकको बलिङमा हेमन्त श्रीवास्तव, केशव गिरि र घनश्याम ढुंगेलले समान १/१ विकेट लिए ।

यसअघि, कामना सेवा विकास बैंकले ५ ओभर ब्याटिङ गर्दै ५ विकेट गुमाएर ६२ रन बनाएको थियो । कामनाको लागि हेमन्त श्रीवास्तवले सर्वाधिक ३३ रन बनाए । हेमन्तले १७ बलमा ५ चौका र १ छक्का प्रहार गरे । सुरेश उप्रेतीले १३ रनको योगदान दिए । भारतीय राजदूतावासका बलर निरजसिंहले १ विकेट लिए।

यसअघि, पहिलो सेमीफाइनलमा भारतीय राजदूतावासले एनसेल ‘ए’ लाई १९ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यस्तै, कामना सेवा विकास बैंकले सिभिल बैंकलाई १५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ चुनिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि हेमन्त श्रीवास्तव नै बने । हेमन्तले प्रतियोगिताभर कुल २ सय ५ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । यस्तै, प्राइम कमर्सियल बैंकका विवेक दली उत्कृष्ट बलर चुनिए । सेन्चुरी बैंकका सुरज तिमिल्सिना उत्कृस्ट ब्याट्सम्यान चुनिए ।

भारतीय राजदूतावासका राजेश चौधरी उत्कृष्ट विकेट कीपर बने । प्राइम कमर्सियल बैंकका बिबेक दली उत्कृस्ट फिल्डर चुनिए । नेपाल राष्ट्र बैंकले फेयर प्ले अवार्ड प्राप्त ग¥यो । सेन्चुरी बैंकका सुरज तिमिल्सिना प्रतियोगिताकै सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी रहे।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माछापुच्छ्रे बैंकका सीइओ सुमन शर्मा, प्राइम टाइम्स टिभीका अध्यक्ष ऋषि धमला, प्रतिनिधि सभाका संसाद हरि नारायण रौनियार, एसएस इभेन्ट्सका सीईओ रमन शिवाकोटी लगायतले विजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरे । फाल्गुन ३ गतेदेखि शुरु प्रतियोगितामा कुल २३ टिमको सहभागिता थियो ।