पोखरामा सृजना कप विद्यालयस्तरीय छात्रछात्रा भलिवल शुरु

प्रतियोगितामा छात्रतर्फ २७ र छात्रातर्फ १५ गरि कुल ४२ टिमले प्रतिष्पर्धा गर्नेछ

जनसम्मत
फागुन ८, २०७६, बिहीवार

पोखरा । पोखरामा सृजना कप सामुदायिक मावि छात्रछात्रा भलिवल प्रतियोगिता शुरु भएको छ ।

कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा बुधबारदेखि पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा प्रतियोगिता शुरु भएको हो । फागुन १० गतेसम्म हुने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेश सिलवालले उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन दिन छात्रतर्फ ८ र छात्रातर्फ ४ गरी कुल १२ खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा शुक्रराज माविले तालवाराही माविलाई २५–१५ र २५–१० को सोझो सेटमा पराजि ग¥यो । अर्को खेलमा वाराही माविले नवीन माविलाई २५–२२ र २५–२० को सेटमा पराजित ग¥यो ।

त्यस्तै, छोरेपाटन माविले जनप्रकाश माविमाथि २५–१६, २०–२५ र २८–२६ को सेटमा जित निकाल्यो । शान्त माविले रत्नशोभा माविलाई २५–१५ र २५–१६ को सोझो सेटमा हरायो । भद्रकाली माविले गौरीशंकर माविलाई २५–२२ र २५–१८ को सोझो सेटमा पराजित ग¥यो ।

यसैगरी, पार्दी माविले विन्दबासिनी माविलाई १७–२५, २५–२१ र २५–१८ को सेटमा जित निकाल्यो । मेश्रम बराह माविले सिद्धबराह माविलाई २५–१८ र २५–२१ को सोझो सेटमा पाखा लगायो । माछापुच्छ«े माविले शुक्लागण्डकी माविलाई २५–२१ र २५–२२ को सेटमा पन्छायो ।

प्रतियोगिताअन्तर्गत बुधबार भएको छात्रातर्फको खेलमा छोरेपाटन माविले कालिका माविलाई २५–८ र २५–१० को सोझो सेटमा हरायो । अमरसिंह माविले बराह माविमाथि २५–२३, २३–२५ २५–२२ को सेटमा कठिन जित निकाल्यो । महेन्द्र माविले सिद्धबराह माविलाई २१–२५, २५–१६ र २७–२५ को सेटमा पन्छायो । विन्दबासिनी माविले गौरीशंकर माविलाई २५–१६ र २५–२१ को सेटमा पराजित ग¥यो ।

प्रतियोगिता अन्तर्गत विहीबार ११ खेल हुने कास्की जिल्ला भलिवल संघले जनाएको छ । विहीबार छात्रतर्फ कालिका मावि र जनप्रिय मावि, भद्रकाली मावि र राष्ट्रिय मावि, विन्दबासिनी मावि र शुक्रराज मावि, माछापुच्छ«े मावि र अमरसिंह मावि, लक्ष्मी मावि र छोरेपाटन मावि, मेश्रमबराह मावि र महेन्द्र मावि तथा शान्त माविले कालिका मावि र जनप्रिय माविको बिजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

छात्रातर्फ विहीबार जनप्रिय मावि र छोरेपाटन मावि, विन्दबासिनी मावि र जनप्रकाश मावि, शान्त मावि र राष्ट्रिय मावि तथा ताल वाराही मावि र महेन्द्र मावि प्रतिस्पर्धामा उत्रिने संघले जनाएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका शुरु भएको प्रतियोगितामा छात्रतर्फ २७ र छात्रातर्फ १५ गरि कुल ४२ टिमले प्रतिष्पर्धा गर्ने कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिएकास छन् । प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले मात्र सहभागिता जनाएका छन् । प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीहरु मात्र सहभागि हुन पाउनेछन् ।

प्रतियोगितामा उपाधि बिजेता छात्रछात्रा दुबै तर्फकालाई ५०/५० हजार, उपबिजेतालाई ३०/३० हजार र तृतीय हुने विद्यालयले १५/१५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । त्यस्तै, प्रतियोगिताको छात्र तथा छात्रा दुबैतर्फका सर्बोत्कृष्ट खेलाडीले जनही ५/५ हजारसहित ट्रफी पुरस्कार पाउनेछन् । विधागत रुपमा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकले १/१ थान भलिबल प्रदान गरिने सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

गण्डकी प्रदेशमै भलिबल खस्कँदो : सदस्य सचिव सिलवाल

उद्घाटन कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव रमेश सिलवालले गण्डकी प्रदेशमा खस्किदै गएको भलिवल खेललाई सुधार्न सुझाव दिए । उनले पोखरा रंगशालालाई अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाउने प्रष्ट पारे । त्यहाँ पुग्दा नेपाल हो कि विदेश भन्ने भान हुने खालको बनाउने बताए ।

आहा रारा गोल्ड कप र मनकामना केबलकार कप फुटबलका लागि पोखरा रंगशालाको मैदानलाई तयारी अवस्थामा राखिने उनको भनाई थियो । दुई प्रतियोगिताका लागि १६ हजार भन्दा बढी सिट तयार पारिने उनको भनाई थियो ।

राखेप सदस्य राजेशकुमार गुरुङले खेलकुदमा बसेर पैसा खान पल्केकाहरुलाई खेलकुदबाटै लखेटेको बताए । उनले भलिवल कोर्टमा लाइट राख्नुपर्ने आवश्यत्तकता औंल्याउँदै त्यसका लागि सदस्यसचिवलाई बजेट पारिदिन आग्रह गरे ।

आयोजक सृजना विकास केन्द्रका अध्यक्ष मिनप्रसाद भट्टराईले सामुदायिक विद्यालयमा भलिवलको जागरण ल्याउन र कुना कन्दरासम्म भलिवल पु¥याउन प्रतियोगिता आयोजना गरिएको बताए ।