सचिन राना र  विष्णु लामिछानेले सेनाको दौड जिते

प्रतियोगितामा पुरुषतर्फ सचिन राना र महिलातर्फ विष्णु लामिछाने तिमिल्सिना प्रथम भएका हुन्

जनसम्मत
फागुन ८, २०७६, बिहीवार

पोखरा । सचिन राना र विष्णु लामिछाने तिमिल्सिनाले तनहुँको खैरेनीटारस्थित श्री नं. ३ बाहिनी अड्डाले आयोजना गरेको ५ कि.मी. दूरीको दौड जितेका छन् ।

प्रतियोगितामा पुरुषतर्फ सचिन राना र महिलातर्फ विष्णु लामिछाने तिमिल्सिना प्रथम भएका हुन् ।

नेपाली सेना दिवसको अवसर पारेर तनहुँको खैरेनीटारस्थित श्री नं. ३ बाहिनी अड्डाले ५ कि.मी. दूरीको दौड आयोजना गरेको हो ।

‘स्वास्थ्यका लागि दौड’ भन्ने मूल नारासहित खैरेनीटार बजारको उत्तरतर्फ तीनखोले देवी मोटरमार्गस्थित हुलाकलाइन टोलविकास संस्थाको हुलाकबाट सुरु भई रहरमान चोक, बर्रेडाँडा, ढकालकुना, नौबिसे हँुदै पञ्चासेसम्म पुगेर पुनः खैरेनीटार बजारसम्म दौडको आयोजना गरिएको थियो ।

दोैडमा शुक्लागण्डकी नगरपालिकाका प्रमुख, उपप्रमुख, विभिन्न वडाका वडाध्यक्ष, पत्रकार, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, स्थानीय व्यक्ति, नेपाली सेनाका गरी २ सय ५० जनाको सहभागिता थियो ।

दौड विजेताहरुलाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।