विश्व फिफा वरीयतामा नेपाल उही १७० औं स्थानमै

जनसम्मत
फागुन ८, २०७६, बिहीवार

पोखरा । फिफा वरीयतामा नेपाल उही स्थानमा यथावत रहेको छ । नयाँ वरियतामा नेपाल १७० औं स्थानमा छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हालैमात्र सार्वजनिक गरेको वरीयतामा नेपालले सुधार गर्न सकेको छैन ।

नेपाली राष्ट्रिय फुटबल टोलीको विश्व वरीयतामा उही १७० औं स्थानमै रहेको छ । अघिल्लो महिना १७० औं स्थानमा रहेको नेपाल यस पटकको वरीयतामा पनि उही स्थानमा रहेको हो । विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा यथावत् छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो र उरुग्वे पाँचौं स्थानमा छन् ।