राखेप सदस्य–सचिव सिलवालद्वारा पीएन क्याम्पस खेल मैदानको अवलोकन

गण्डकी प्रदेशमा हुने अबको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सदस्य–सचिव सिलवाल यतिखेर पोखरास्थित खेलकुदको भौतिक संरचना निर्माणका लागि संभावित जमिनको अध्ययन, अवलोकन र निरीक्षणमा ब्यस्त छन्

जनसम्मत
फागुन ९, २०७६, शुक्रबार

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य–सचिव रमेशकुमार सिलवालले पोखराको पीएन क्याम्पसस्थित खेल मैदानको अवलोकन गरेका छन् ।

गण्डकी प्रदेशमा हुने अबको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सदस्य–सचिव सिलवाल यतिखेर पोखरास्थित खेलकुदको भौतिक संरचना निर्माणका लागि संभावित जमिनको अध्ययन, अवलोकन र निरीक्षणमा ब्यस्त छन् ।

२०४० सालमा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबल, हक्की, टेनिसलगायतका केही खेलहरु संचालन गरिएपनि त्यसपछि परिषदका तर्फबाट लामो समयदेखि चासो नदेखाएका कारण यस पीएन क्याम्पसको खेल मैदान जीर्ण अवस्थामा छ ।

अवलोकनपछि सदस्य–सचिब सिलवालले फुटबल र हक्की खेलका यस खेल मैदान उपयुक्त हुने आफ्नो धारणा राखेका छन् ।

सदस्य–सचिव सिलवालले पोखरा–१, बगरस्थित पुरानो टुंडिखेल मैदानको समेत अवलोकन गरेका छन् ।