सृजना कप छात्रछात्रा भलिबलको फाइनल समिकरण पूरा

उपाधिका लागि शनिबार छात्रतर्फ राष्ट्रिय मावि र वाराही मावि तथा छात्रातर्फ तालवाराही मावि र जनप्रिय मावि फाइनल भिड्ने भएका छन्,

जनसम्मत
फागुन ९, २०७६, शुक्रबार

पोखरा । पोखरामा जारी सृजना कप सामुदायिक मावि छात्रछात्रा भलिवल प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ ।

प्रतियोगिताको उपाधिका लागि शनिबार छात्रतर्फ राष्ट्रिय मावि र वाराही मावि तथा छात्रातर्फ तालवाराही मावि र जनप्रिय मावि फाइनल भिड्ने भएका छन् । शुक्रबार भएको खेलमा जित हात पार्दै उनीहरुले उपाधि भिडन्त पक्का गरेका हुन् । उपाधि भिडन्त शनिबार दिउँसो ११ बजेपछि हुने आयोजकले जनाएको छ ।

कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा भइरहेको प्रतियोगिता अन्तर्गत शुक्रबार भएको छात्रतर्फको खेलमा राष्ट्रिय माविले मेश्रमवराह माविलाई २५–२३, २५–१९ र २५–२३ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । अर्को खेलमा वाराही माविले कालिका माविलाई २१–२५, २५–२१, २५–१४, २३–२५ र १५–१३ को सेटमा पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेको हो ।

यसअघि, छात्रतर्फको क्वाटरफाइनल खेलमा कालिका माविले लक्ष्मी माविलाई २५–२०, २४–२६ र २५–१४ को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । अर्को खेलमा राष्ट्रिय माविले माछापुच्छ«े माविलाई १५–२५, २६–२४ र २५–१४ को सेटमा पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।

वाराही मावि र मेश्रम वराह मावि भने प्रोटेस्ट हालेर सेमिफाइनलमा पुगेको थियो । शुक्रबार विहान भएको खेलमा विन्दबासिनी माविले वाराही माविलाई जितेपनि बाहिरको खेलाडी हालेको भन्दै वाराही माविले प्रोटेस्ट हालेपछि आयोजकले वाराही माविलाई बिजयी घोषणा गरेको थियो । मेश्रम वराह मावि र पार्दी मावि बीचको खेलअघि नै वाराही माविले बाहिरका खेलाडी हालेको भन्दै मेश्रमले प्रोटेस्ट हालेपछि आयोजकले मेश्रमलाई बिजयी घोषणा गरेपछि वाराही र मेश्रम वराह सेमिफाइनलमा पुगेको हो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार भएको छात्रातर्फको सेमिफाइनल खेलमा तालवाराही माविले विन्दबासिनी माविलाई २१–२५, २५–१९, १४–२५, २५–२३ र १५–९ को सेटमा पराजित गर्दै फाइनलका लागि स्थान बनाएको हो । अर्को खेलमा जनप्रिय माविले राष्ट्रिय माविलाई २५–१९, २५–२१ र २५–१६ को सोझो सेटमा पराजित गर्दै फाइनलमा तालवाराही माविसँगको भेट पक्का ग¥यो ।

प्रतियोगिता अन्तर्गत शनिबार तेश्रो स्थानका लागि छात्रतर्फ मेश्रम वराह मावि र कालिका मावि तथा छात्रातर्फ विन्दबासिनी मावि र राष्ट्रिय मावि प्रतिष्पर्धामा उत्रिने कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका शुरु भएको प्रतियोगितामा छात्रतर्फ २७ र छात्रातर्फ १५ गरि कुल ४२ टिम सहभागी छन् । प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले मात्र सहभागिता जनाएका छन् ।

प्रतियोगितामा उपाधि बिजेता छात्रछात्रा दुबै तर्फकाले ५०÷५० हजार, उपबिजेताले ३०÷३० हजार र तृतीय हुने विद्यालयले १५÷१५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । त्यस्तै, प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी छात्रछात्राले जनही ५÷५ हजारसहित ट्रफी पुरस्कार पाउनेछन् । अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई १÷१ थान भलिबल प्रदान गरिने सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।