विभागीय आर्मी दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब भलिबल च्याम्पियन

चितवनको माडीमा भएको फाइनलमा अर्को विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो

जनसम्मत
फागुन १३, २०७६, मंगलवार

चितवन । विभागीय सेनाको त्रिभुवन आर्मी क्लबले दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब भलिबल च्याम्पियन बनेको छ ।

चितवनको माडीमा भएको फाइनलमा अर्को विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

आर्मीले एपीएफमाथि २५–१५, २५–२० र २५–२२ को सेटमा जित निकाल्यो । आर्मीले एपीएफसँग पाँचौ आरबीबी एनभीए क्लब च्याम्पियसीपमा भोगेको थियो । उपाधिसँगै विजेता आर्मीले २ लाख र उपविजेता एपीएफले १ लाख पुरस्कार पाएको छ । प्रतियोगितामा अर्को विभागीय नेपाल पुलिस क्लब तेस्रो बन्यो । गण्डकी प्रदेशलाई हराउँदै तेस्रो बनेको पुलिसले ५० हजार र गण्डकीले २५ हजारमा चित्त बुझायो ।

प्रतियोगितामा आर्मीका धनबहादुर भट्ट सर्वोकृष्ट खेलाडी बन्दै १० हजार पुरस्कार हात पारे । एपीएफका विजय थापा उत्कृष्ट स्पाइकर, एपीएफकै लोकेन्द्र गिरी उत्कृष्ट सेटर, पुलिसका ईम राना उत्कृष्ट सर्भर, आर्मीका ईश्वर थापामगर उत्कृष्ट लिबेरो र आर्मीका ज्ञानेश्वर अधिकारी उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले जनही ५/५ हजार पुरस्कार पाए । नगर खेलकुद विकास समिति माडीले आयोजना गरेको प्रतियोगितामा ६ टोलीको सहभागिता थियो ।