त्रिभुवन आर्मी क्लब राइनो गोल्डकपको उपाधि नजिक

जनसम्मत
फागुन १३, २०७६, मंगलवार

नवलपुर । विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब राइनो गोल्डकपको उपाधि नजिक पुगेको छ ।

नवलपुरमा भएको खेलमा हिमालयन शेर्पाको चूनौतिलाई ५–१ को भारी गोल अन्तरले पन्छाउँदै आर्मीले फाइनलमा स्थान बनाएको हो ।

आर्मीको जितमा सुदिल श्रेष्ठले ह्याट्रिक गरे । आर्मीका लागि सन्तोष तामाङ र राजीव गुरुङले १÷१ गोल गरे । शेर्पाका लागि विजय श्रेष्ठल एक मात्र शान्त्वना गोल गरे । उपाधिका लागि आर्मीले उपाधिका लागि च्यासल युथ क्लव र नेपाल पुलिस क्लवसँगको विजेतासँग फाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ हात पार्नेछ ।