चौथो दिनको वेगनास कपमा ४ खेल

जनसम्मत
फागुन १४, २०७६, बुधबार

लेखनाथ । वेगनास ताल किनारमा जारी दोश्रो सेभेन ए साइड वेगनास कपको चौथो दिन ४ खेल सम्पन्न भएका छन् ।

 पहिलो खेलमा आयोजक वेगनास ‘बी’ ले ईन्द्रेणी युवा क्लवलाई २–१ गोलअन्तरले पराजित गरेको छ । वेगनासको संघर्षपूर्ण जितमा सौगात थापा र बिज्ञान कोइरालाले समान १/१ गोल गरे ।

प्रतिस्पर्धात्मक खेलमा शिशुवा एफसीले एनजीवाई एफसी गगनगौडा शून्यका विरुद्ध २ गोलले पाखा लगाउदै क्वाटरफाइनल प्रवेश गरेको छ । त्यस्तै, अर्को खेलमा वेगनास रेडले हिमाल एन्ड रक्ष मेमोरिएलमाथि ५–० गोलको फराकिलो जित दर्ता गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।

आयोजक वेगनास रेडको जितमा सचिन गुरुङले व्यक्तिगत २ गोल गरे । कप्तान रबि थापा, समीर कार्की र सन्तोष गुरुङले समान १/१ गोल गरे । प्रतियोगिताको अर्को खेलमा आयोजक वेगनास सी राइजिङ स्टार युथक्लवसँग २–१ ले आफ्नै मैदानमा पराजित बन्यो ।

पहिलो हाफमा पेनाल्टीमार्फत गोल गरेको राइजिङले दोश्रो हाफमा अर्को गोल थप्दै जित सुनिश्चित गरेको थियो । वेगनासको तर्फवाट सुरज क्षेत्रीले सान्त्वना १ गोल गरेका थिए । प्रतियोगितामा बिजयी टिम क्वाटरफाइनल प्रवेश गरेका छन् ।  प्रि–क्वाटरका बाँकी ४ खेल बुधबार हुनेछन् ।