आयोजक सुदूरपश्चिम–११ खप्तड गोल्डकपको सेमिफाइनलमा

पहिलो क्वार्टरफाइनलमा भारतको कञ्चनजंघा एफसीलाई ४–२ ले पराजित गर्दै आयोजक सुदूरपश्चिमले अन्तिम चारको यात्रा पक्का गरेको हो

जनसम्मत
फागुन १४, २०७६, बुधबार

धनगढी । सुदूरपश्चिम–११ कैलालीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा भएको पहिलो क्वार्टरफाइनलमा भारतको कञ्चनजंघा एफसीलाई ४–२ ले पराजित गर्दै आयोजक सुदूरपश्चिमले अन्तिम चारको यात्रा पक्का गरेको हो ।

सुदूरपश्चिमको जितमा विक्रमसिंह ठकुरीले २ गोल गरे । यस्तै, फिलिप तामाङ र दिपेश श्रेष्ठले १/१ गोल गरे । कञ्चनजंघाका अभिषेक दर्जी र छिरिङ तामाङले १/१ गोल फर्काए । आयोजक सुदूर पश्चिमका विक्रमसिंह खेलको ‘म्यान अफ दी म्याच’ बन्दै १० हजार नगदसहित ट्रफी प्राप्त गरे ।

दोस्रो क्वार्टरफाइनलमा बुधबार थ्रीस्टार र नव जनजागृति क्लबबीच प्रतिस्पर्धा हुनेछ । यही फागुनको २० गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले २१ लाख तथा उपविजेताले १० लाख पुरस्कार जित्नेछ ।