थर्ड/फोर्थ गोर्खा राइफल्स भूपू सैनिक बास्केटबल च्याम्पियन

जनसम्मत
फागुन १४, २०७६, बुधबार

पोखरा । थर्ड/फोर्थ गौर्खा राइफल्सको टोली पाँचौ संस्करणको भूतपूर्व सैनिक गोल्ड कप च्याम्पियन बनेको छ ।

फाइनल प्रतिस्पर्धी थर्ड/नाइन गोर्खा राइफल्सको टोलीलाई हराउँदै थर्ड/फोर्थ बास्केटबल च्याम्पियन बनेको हो ।

भूतपूर्व सैनिक खेलाडी संघ, गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–१४ स्थित काजीपोखरी बास्केटबल कोर्टमा भएको फाइनल खेलमा थर्ड/फोर्थ गोर्खा राइफल्सले थर्ड/नाइन गोर्खा राइफल्समाथि ७३–६० स्कोर जोड्दै बास्केटबलको उपाधि जितेको हो ।

उपाधिसँगै विजेता थर्ड/फोर्थ गोर्खा राइफल्सले २५ हजार, रनिङ शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो । उपविजेता बनेको थर्ड/नाइन गोर्खा राइफल्सले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

कार्यक्रमका प्रमुख अतिथि मेजर चोपबहादुर थापा र विशेष अतिथि गमबहादुर गुरुङ, संघका अध्यक्ष क्या. प्रेमप्रसाद गुरुङ, उपाध्यक्ष बलबहादुर गुरुङ सहित पदाधिकारी, सल्लाहकार लगायतले पुरस्कार वितरण गरेका थिए ।

यसअघि थर्ड/फोर्थ गोर्खा राइफल्सले सेमिफाइनल खेलमा थर्ड/ऐट गोर्खा राइफल्समाथि ४९–४६ को कठिन जित निकाल्दै फाइनल यात्रा गरेको थियो । त्यस्तै, थर्ड/नाइन गोर्खा राइफल्सले पनि फाइव/फस्र्ट गोर्खा राइफल्सलाई सेमिफाइनलमा ५८–३९ को अन्रले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

क्वार्टरफाइनलमा थर्ड/फोर्थ गोर्खा राइफल्सले फोर्थ/फस्र्ट गोर्खा राइफल्समाथि ६०–२९ को फरक स्कोरले हराउँदै सेमिफाइनल खेलेको थियो । त्यस्तै, थर्ड नाइन गोर्खा राइफल्सले फस्र्ट/थर्ड गोर्खा राइफल्समाथि ६४–२८ को फरक स्कोर निकाल्दै सेमिफाइनलमा फाइव/फस्र्टसँगको भेट पक्का गरेको थियो ।

क्वार्टरफाइनलको अन्य खेलमा थर्ड/ऐट गोर्खा राइफल्सले फोर्थ/फस्र्ट गोर्खा राइफल्समाथि ४३–४१ ले जित निकाल्दै सेमिफाइनल खेलेको थियो । त्यस्तै, फाइव/फस्र्ट गोर्खा राइफल्सले फाइव/नाइन गोर्खा राइफल्समाथि ५२–२६ को स्कोर गर्दै सेमिफाइनल यात्रा गरेको थियो ।

तस्बीर : कपिल सापकोटा