सेन्ट्रल भ्यालीले अन्तर लायन्स क्लब अफ पोखरा भलिबलको उपाधि जित्यो

जनसम्मत
फागुन १८, २०७६, आइतबार

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल भ्यालीले पोखरामा सम्पन्न १३ औं संस्करणको अन्तर लायन्स क्लब भलिबल टुर्नामेन्टको उपाधि जितेको छ ।

साविक विजेता सेन्ट्रल भ्यालीले उपाधिसँगै खसी र ट्रफी पुरस्कार जितेको हो ।

टुर्नामेन्टमा उपविजेता बन्दै लायन्स क्लब अफ पोखरा पिस सिटीले बोका र ट्रफी पुरस्कार जित्यो ।

त्यस्तै, तेस्रो बन्दै लायन्स क्लब अफ गोल्डेन चौतारीले टुर्नामेन्टमा जोडी भाले कुखुरा र ट्रफी पुरस्कार प्राप्त ग¥यो ।

सेन्ट्रल भ्यालीका रमेश के.सी. टुर्नामेन्टको सर्वोत्कृष्ट खेलाडी चुनिए । गोल्डेन्स चौतारीका योगेन्द्र बस्नेत बेस्ट लिफ्टर, सेन्ट्रल भ्यालीका नारायण भण्डारी बेस्ट डिफेन्स र पिस चौतारीका फणिन्द्र तिमिल्सिना बेस्ट स्पाइकर बने ।

फेवा सिटीले अनुशासित टिम र सेन्ट्रल टाउनले उत्कृष्ट पोशाकको पुरस्कार जित्यो । उक्त अवसरमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई सम्मान समेत गरिएको थियो ।

 

तस्बीर : नारायण शाही/जनसम्मत डट कम