संगम एफसीलाई गार्डेन कप फुटबलको उपाधि

फाइनल खेलमा मेरो नेपाल युथ क्लवमाथि २–१ गोलको नतिजा निकाल्दै संगमले सोे उपाधि जितेको हो

जनसम्मत
फागुन १८, २०७६, आइतबार

पोखरा । संगम एफसीले दोश्रो संस्करणको गार्डेन कप सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखराको मणिपाल शिक्षण अस्पताल खेल मैदानमा भएको फाइनल खेलमा मेरो नेपाल युथ क्लवमाथि २–१ गोलको नतिजा निकाल्दै संगमले सोे उपाधि जितेको हो ।

जितसँगै संगमले १ लाख २५ हजार सहित शिल्ड जितेको छ । उपविजेता मेरो नेपालले ७० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । त्यसैगरि प्रतियोगितामा संगमका बेलप्रसाद गुरुङ सर्वोत्कृष्ट खेलाडी चुनिए । मेरो नेपालका विजय गुरुङ उत्कृष्ट गोलकीपर घोषित भए । उनीहरुले समान ५/५ हजार सहित ट्रफी प्राप्त गरे । सेमिफाइनलिस्ट आयोजक गार्डेन र एलजी एशोेसिएसनले समान १०/१० हजार प्राप्त गरे ।

गण्डकी प्रदेश सांसद विन्दुकुमार थापा, नेपाल सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नविन पुन, नेपाल भूतपूर्व खेलाडी मञ्चका महासचिव खेमबहादुर गुरुङ, आयोजक क्लवका सल्लाहकार किरण केसी, वडा नम्बर ११ का वडा सचिव सूर्यमोहन पौडेल, नेपाल सेभेन ए साइड फुटवल महासंघ कास्कीका पुर्वध्यक्ष सञ्जय अधिकारी, एबीसी क्लवका अध्यक्ष राजकुमार गुरुङ लगायतले विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

गार्डेन युवा क्लवद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा संगमको तर्फबाट सुनिल गोतामेले खेलको सातौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । बेलप्रसाद गुरुङले १२ औं मिनेटमा अर्को गोल थप्दै अग्रतालाई दोब्बर बनाए । दोश्रो हाफको २७ औं मिनेटमा संगमले आत्माघाती गोल गरेपछि खेल २–१ गोलमा सकिएको हो ।

सोही समारोहमा नेपालमा सेभेन ए साइड फुटबलको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै क्लवले नेपाल सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नविन पुन र फुटबल विकासमा योगदान पु¥याएका एन्फा कास्कीका पूर्व महासचिव स्व. बलराम केसीलाई सम्मान ग¥यो । स्व. केसीको सम्मान उनका छोरा किरण केसीले ग्रहण गरेका थिए ।