कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न बार्सिलोनाका कप्तान लियोनल मेस्सीको आर्थिक सहयोग

अर्जेन्टिनी राष्ट्रिय टिमका समेत कप्तान मेस्सीले कोरोना भाइरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि एक मिलियन युरो सहयोग गरेका हुन्

एजेन्सी
चैत्र १२, २०७६, बुधबार

कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आर्थिक सहयोग गरेका छन् ।

अर्जेन्टिनी राष्ट्रिय टिमका समेत कप्तान मेस्सीले कोरोना भाइरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि १ मिलियन युरो सहयोग गरेका हुन् । मेस्सीले बार्सिलोनाको क्लिनिक तथा सार्वजनीक अस्पतालका लागि सो रकम सहयोग गरेको बताएका छन् ।

हाल, स्पेनमा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएको छ । कोरोना भाइरसले स्पेनमा ठूलो क्षति पु¥याएको छ । स्पेनमा कोरोनाबाट २ हजार ६ सय ९६ जनाको मृत्यु भइसकेको छ । त्यहाँ, ४० हजार मानिसलाई कोरोनाको संक्रमण देखिएको अन्तर्राष्ट्रि«य संचार माध्यमहरुले जनाएका छन् ।

यतिखेर, कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा विश्व फुटबल गतिविधि ठप्प छ । क्लबहरु खेलाडीहरुको तलब घटाउन लागिपरेका छन् । बार्सिलोनाले समेत मंगलबार मात्रै खेलाडीहरुको तलब ७० प्रतिशतले कम गर्न सहमतिको प्रयास गरेको थियो । यस्तोमा खेलाडीहरु भने कोरोनाविरुद्ध लड्न आर्थिक रुपमा सहयोग गर्न अगाडि बढिरहेको समाचार छ ।