कोरोना भाइरसविरुद्धको अभियानमा स्पेनिस सहर बार्सिलोनामा प्रशिक्षक पेप ग्वार्डिओलाको आर्थिक सहयोग

ग्वार्डीओलाले कोरोना भाईरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका मेडिकल सामाग्री खरिदका लागि १ मिलियन युरो सहयोग गरेका हुन्

एजेन्सी
चैत्र १२, २०७६, बुधबार

बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डीओलाले आर्थिक सहयोग गरेका छन् ।

ग्वार्डीओलाले कोरोना भाईरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि १ मिलियन युरो सहयोग गरेका हुन् ।

ग्वार्डीओलाले मेडिकल सामाग्री खरिदका लागि उक्त रकम सहयोग गरेको समाचार छ । हाल इङ्लिस प्रिममियर लिग क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक ग्वार्डीओला बार्सिलोनास्थित आफ्नै घरमा बसेका छन् । पछिल्लो समय युरोप कोरोनाको संक्रमणबाट बढी प्रभावित बनेको छ ।

कोरोनाको संक्रमण अहिले स्पेनमा बढेको छ । कोरोना भाइरसले स्पेनमा ठूलो क्षति पु¥याएको छ । स्पेनमा कोरोनाबाट २ हजार ६ सय ९६ जनाको मृत्यु भएको छ भने ४० हजार मानिसलाई कोरोनाको संक्रमण देखिएको अन्तर्रा्ष्ट्रि«य सञ्चार माध्यमले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा विश्व फुटबल गतिविधि ठप्प छ। क्लबहरु खेलाडीहरुको तलब घटाउन लागिपरेका छन्। बार्सिलोनाले पनि मंगलबार मात्रै खेलाडीहरुको तलब ७० प्रतिशतले कम गर्न सहमतिको प्रयास गरेको थियो। यस्तोमा खेलाडीहरु भने कोरोनाविरुद्ध लड्न आर्थिक रुपमा सहयोग गर्न अगाडि बढिरहेको समाचार छ ।