आइसीसी टी–२० वरीयतामा नेपाल उही १५ औं स्थानमै कायम

यसअघि पनि नेपाल १५ औं स्थानमै रहेको थियो, टी–२० मा लगातार खराब प्रदर्शन गर्दै आएको कारण नेपाल गत महिना ३ स्थान तल झरेको थियो

जनसम्मत
चैत्र १३, २०७६, बिहीवार

पोखरा । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को टी–२० वरीयतामा नेपालले उही १५ औं स्थानमै यथावत रहन सफल भएको छ ।
आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा रहेको हो । यसअघि पनि नेपाल १५ औं स्थानमै रहेको थियो । टी–२० मा लगातार खराब प्रदर्शन गर्दै आएको कारण नेपाल गत महिना ३ स्थान तल झरेको थियो ।

नेपालको टी–२० मा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसिएट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । स्कटल्याण्ड १२ र युएई १४ औं स्थानमा कायम छन् ।

नेपाल एकदिवसीय वरीयतामा १६ औं स्थानमा रहेको छ । टी–२० वरियताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ । यस्तै अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा छन् ।