बिपतमा सवारी नपाए, पोखरा महानगरपालिका–२७ का वडाध्यक्ष गुरुङलाई मोबाइल नम्बर ९८५६००३०२७ मा फोन गर्नुस्

गुरुङले विरामी भएर ज्यानै गुमाउनुपर्ने अवस्था आए, उनले आफूले निजी रुपमा प्रयोग गर्दै आएको बा ११ च ६०२१ नम्बरको कारसहित आफू वडावासीलाई विपतका बेलामा सहयोग गर्न तयार रहेको बताएका छन्

जनसम्मत
चैत्र १३, २०७६, बिहीवार

पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले लकडाउनमा विरामी भएर अस्पतालनै लैजानुपर्ने अवस्था आए आफूलाई फोन गर्न वडावासीलाई आग्रह गरेका छन् ।

उनले आफूले निजी रुपमा प्रयोग गर्दै आएको बा ११ च ६०२१ नम्बरको कारसहित आफू वडावासीलाई विपतका बेलामा सहयोग गर्न तयार रहेको बताएका छन् । लकडाउनका कारण सवारी साधन नपाउँदा अन्य विरामीले ज्यानैसम्म गुमाउनुपर्ने अवस्था आएमा आफू त्यस्ताको उद्धारमा खटिने वडाध्यक्ष गुरुङले बताएका हुन् । विरामी भएर ज्यानै गुमाउनुपर्ने अवस्था आए महानगरपालिकाले उपलब्ध गराएको मोबाइल नम्बर ९८५६००३०२७ मा सपम्र्क गर्न उनले वडाबासीलाई आग्रह गरेका छन् ।

‘यो बिपतको घडीमा सवै एकजुट भएर लड्नुपरेको छ,’ वडाध्यक्ष गुरुङले भनेका छन्, ‘सरकारले जारी गरेको लकडाउनमा घरमै बसेर पूर्ण रुपमा पालना गरी कोरोना भाइरसबाट जोगिन वडावासीसमक्ष आग्रह गर्दछु ।’

उनले नेपाल सरकारले जारी गरेको निर्देशनलाई पालना गर्न आग्रह गर्दछु । उनले वडा, टोल र घरपरिवारमा विदेशबाट कोही नयाँ सदस्य आएमा विशेष निगरानीमा राख्न एवं कोरोनाको लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत वडावासीलाई आग्रह गरेका छन् ।
वडाध्यक्ष गुरुङले वडाबाट १ हजार थान मास्क वितरण गर्ने योजना रहेको उल्लेख गरेका छन् । अहिले उपलब्ध भएको ३ सय थान मास्कका लागि वडाका पायक पर्ने वडासदस्यलाई सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन् ।