बिमान चार्टर्ड गरेर पोखराबाट फ्रान्सले लग्यो आफ्ना नागरिकहरुलाई

जनसम्मत
चैत्र १३, २०७६, बिहीवार

पोखरा । फ्रान्सेली दूतावासले पोखराबाट आफ्ना नागरिकको उद्धार गरेको छ ।

नेपाल घुम्न आएका आफ्ना पर्यटकहरुलाई विहिबार पोखराबाट विमान नै चार्टर्ड गरेर लगेको हो । नेपालका हिमाली जिल्ला र अन्नपूर्ण पदमार्गमा रहेका पर्यटकहरुलाई जिल्ला प्रशासन कार्यालय मुस्ताङले उद्धार गरी पोखरा पठाएको थियो ।

त्यसबाहेक पोखरामा रहेका पर्यटकलाई समेत दूतावासले खवर गरेर एयरपोर्ट भेला हुन सूचना जारी गरेको थियो । त्यसपछि जम्मा भएका ५९ पर्यटकलाई बुद्ध एयरको विमानमार्फत काठमाण्डौं लगिएको हो । विमानस्थलका अनुसार २४ जना महिला, ३४ जना पुरुष र १ बच्चा पठाइएको छ । एक फ्रान्सेली नागरिक पोखरामै छुटेकी छिन् ।

कोरियाले पनि आफ्ना नागरिकको खोजी गरिरहेको छ । मुस्ताङबाट मात्रै १ सय २१ विदेशीलाई गाडीमा चढाएर पोखरा पठाएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिएका छन् ।

 

(ई–आदर्श डट कममा समाचार प्रकाशित छ)