लण्डनस्थित दी ओभल रंगशालामा इङ्ल्यान्ड र वेस्ट इन्डिजबीचको टेस्ट शृंखला 

खेलतालिका अनुसार यस शृंखला जुन महिनाको ४ तारिखमा लण्डनस्थित दी ओभल रंगशालामै खेलाउने तय भएको थियो

एजेन्सी
चैत्र १५, २०७६, शनिबार

घरेलु इङ्ल्यान्ड र वेस्ट इन्डिजबीचका टेस्ट शृंखला दी ओभलमा हुने तय भएको छ ।

कोरोना भाइरसको महामारीका विश्वका सबै अन्तराष्ट्रिय खेलकुद स्थगित गरिएपनि यस शृंखला हालसम्म स्थगित गरिएको घोषणा गरिएको छैन । खेलतालिका अनुसार यस शृंखला जुन महिनाको ४ तारिखमा लण्डनस्थित दी ओभल रंगशालामै खेलाउने तय भएको थियो । जसलाई हालसम्म पनि औपचारिक रुपमा स्थगित गरिएको घोषणा गरिएको छैन ।

इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी)ले बन्द रंगशालामा दर्शकको उपस्थिति बिना क्रिकेट गराउने उद्देश्यसहित रंगशालाहरूमा कोरोना भाइरस चेक प्वाइन्ट र आइसोलेसन सेन्टरको व्यवस्था गर्ने योजना बनाएको छ।

कोरोना भाइरस संत्रलमणका कारण इङ्लिस क्रिकेट कम्तिमा मे २८ सम्मका लागि स्थगनमा छ। तर, इसिबीले त्यसलगत्तै बन्द रंगशालामा भएपनि अन्तर्राष्ट्रिय क्रिकेट गर्ने योजना बनाइरहेको छ।

‘हामी बन्द रंगशालामा दर्शकको उपस्थितीबिना अन्तर्राष्ट्रिय खेलहरू गराउने सोंचमा विचार गरिरहेका छौँ,’ इसिबीका इभेन्ट निर्देशक स्टिभ इलवोर्दीलाई उदृत गर्दै दी गार्जियनले समाचार छापेको छ।

बेलायत सरकारले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन लकडाउनको निर्णय गर्दा ठूलो संख्यामा मानिस भेला हुन प्रतिबन्ध लगाएको छ । सरकारी निर्देशनअनुसार ५ सय वा त्योभन्दा कम मानिस जम्मा हुन भने पाइन्छ । इलवोर्दीले सरकारको यही निर्देशनको आधारमा पनि क्रिकेट गर्न सकिने संभावना देखेको बताए ।