ताजिक सुपर कपको फाइनल खेल दर्शक बिनाको खाली रंगशालाभित्र

कोरोनाका कारण विश्वका सबै उत्कृष्ट लिगहरु बिचमै स्थगित भएको अवस्थामा ताजिकिस्तानले सुपर कप फुटबलको फाइनल खेल  बन्द ढोकाभित्रको खाली रंगशालामा गरेर देखायो

एजेन्सी
चैत्र २४, २०७६, सोमबार

कोरोना त्रासका कारण विश्व नै आतङ्कित बनेको अवस्थामा ताजिकिस्तानी सुपर कप फुटबलको फाइनल खेल सम्पन्न भयो ।

कोरोनाका कारण विश्वका सबै उत्कृष्ट लिगहरु बिचमै स्थगित भएको अवस्थामा ताजिकिस्तानले सुपर कप फुटबलको फाइनल खेल  बन्द ढोकाभित्रको खाली रंगशालामा गरेर देखायो ।

ताजिकिस्तानको राजधानी दुसान्वेमा आयोजना गरिएको ताजिक सुपरकपको खेलमा घरेलु च्याम्पियन एफसी इस्तिक्लोलले एफसी खुजान्डालाई २–१ ले हराउँदै उपाधि चुम्न सफल बन्यो । २०२० को ताजिक सुपरकप ११ औ संस्करणको थियो ।

सन् २०१३ र २०१७ को संस्करण बाहेकको बाँकी ९ संस्करण इस्तिक्लोलले आफ्नो पक्षमा पारेको थियो। वार्षिक रुपमा अघिल्लो संस्करणको ताजिकिस्तान लिग र ताजिकिस्तान कप विजेताबीच सुपरकपको लागि प्रतिस्पर्धा हुँदै आएको थियो । जसअनुसार २०२० को दुवै प्रतियोगिताको विजेता इस्तिक्लोल भएकाले उपाधिका लागि लिग उपविजेता खुजान्डाले प्रतिस्पर्धा गरेको थियो ।

विश्वव्यापी रुपमा कोरोना संक्रमितको संख्या १० लाख बढि पुगेर ६० हजार बढीले ज्यान गुमाउँदा मध्य एसियाली ताजिकिस्तानमा ९ लाख मात्रै जनसंख्या रहेको छ । यद्यपी, ताजिकिस्तानमा अहिलेसम्म कोभिड–१९ को एउटा पनि संक्रमण देखिएको छैन ।