२०८ देशमा कोरोना संक्रमण: ६९ हजार ४ सय २४ जनाको ज्यान गयो

हालसम्म १२ लाख ७१ हजार ८ सय ७५ जनामा संक्रमण, २ लाख ६१ हजार ४ सय २४ जनाको उपचारपछि निको भएको पुष्टि

जनसम्मत
चैत्र २४, २०७६, सोमबार

विश्वको २०८ देशमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएको छ ।

दक्षिणी सुडान र सेन्ट पियरे मिकेलनमा १/१ जनामा कोरोना पुष्टि भएपछि कोभिड १९ को संक्रमण फैलिएको देशको संख्या २०८ पुगेको हो ।

यस्तै, दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा पनि कोरोना भाइरस फैलिँदा संक्रमित हुनेको संख्या साढे १२ लाख नाघेको छ । हालसम्म १२ लाख ७१ हजार ८ सय ७५ जनामा कोरोना पुष्टि भएकोमा २ लाख ६१ हजार ४ सय २४ जना उपचारपछि निको भएका छन् । संक्रमितमध्ये ९ लाख ४१ हजार ४६ जनाको भने उपचार भइरहेको छ ।

हालसम्म कोरोनाका कारण ६९ हजार ४ सय ५ जनाको ज्यान गएको छ । विभिन्न देशमा गएको २४ घण्टामा मात्रै ४ हजार ७ सय १५ जनाको ज्यान गएको छ ।

गत २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा १ हजार जनाभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा मात्रै अहिलेसम्म कोरोनाका कारण साढे ९ हजारभन्दा धेरैको ज्यान गएको छ । ३ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यस्तै, इटलीमा साढे १५ हजारभन्दा धेरै, स्पेनमा साढे १२ हजारभन्दा धेरै, फ्रान्समा ८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यसैगरी, भारतमा आइतबार थप १८ जनाको ज्यान गएको छ । भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय १७ पुगेको छ भने ७ सय जना नयाँ बिरामी थपिएपछि संक्रमितको संख्या ४ हजार नाघेको छ ।

(उज्यालो अनलाइनमा समाचार छ)

Photo : Agency