आफ्ना सबै कर्मचारीलाई नियमित तलब दिएर क्लबमै राख्ने इङ्लिस फुटबल क्लब म्यानचेष्टर युनाइटेडको निर्णय

यता, लिभरपुल र टोटनह्यामले आफ्ना खेलाडी बाहेकका कर्मचारीलाई विदामा राखेपनि म्यानचेष्टरले भने आफ्ना ९ सय संख्यामा रहेको कर्मचारीलाई नै काममा राख्ने भएको हो

एजेन्सी
चैत्र २४, २०७६, सोमबार

बेलायत सरकारले जागिर कटौतीका लागि गरेको आह्वानमा इङ्लिस क्लव म्यानचेष्टर युनाइटेडले असहमति जनाउँदै आफ्ना सबै कर्मचारीलाई नियमित रुपमा तलव दिएर क्लवमै राख्ने जनाएकोे छ ।

यता, लिभरपुल र टोटनह्यामले आफ्ना खेलाडी बाहेकका कर्मचारीलाई विदामा राखेपनि म्यानचेष्टरले भने आफ्ना ९ सय संख्यामा रहेको कर्मचारीलाई नै काममा राख्ने भएको हो ।

युनाइटेडले यही साता आफ्ना कर्मचारीहरुलाई यस विषयमा जनाकारी दिने समेत बताएको छ । कोरोना भाइरसका कारण आर्थिक समस्या कम गर्न केही क्लवहरुले आफ्ना नन प्लेइङ कर्मचारीलाई विदामा राखेको छ ।

यसअघि, म्यानचेष्टर सिटीले समेत कुनैपनि खेलाडीलाई विदा नदिने र नियमित तलव दिएर नै राख्ने बताइसकेको छ ।