शुरु भयो, बुन्डेसलिगा क्लब बायर्न म्युनिखकोे प्रशिक्षण क्याम्प

पहिलो दिन शीर्ष खेलाडीहरु प्रशिक्षणमा सहभागी भएको समाचार छ

एजेन्सी
चैत्र २५, २०७६, मंगलवार

जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखले कोरोना भाइरसको त्रासकै बीच पनि प्रशिक्षण क्याम्प सुरु गरेको छ ।

उसले सोमबार रातिदेखि प्रशिक्षण क्याम्प सुरु गरेको हो । पहिलो दिन शीर्ष खेलाडीहरु प्रशिक्षणमा सहभागी भएको समाचार छ ।

क्लबका स्टार खेलाडीहरु रोबर्ट लेवान्डोस्की, थोमस मुलर, फिलिप कौटिन्हो, म्यानुयल निउर, किङ्से कोम्यान, निकोलस सुल, लियोन गोरेट्का, जोसुवा किम्मिच र जेरोमी बोएटिङ्क पहिलो दिनको प्रशिक्षणमा सहभागी थिए । प्रशिक्षणमा सहभागी खेलाडीले सानो समूहमा तयारी गर्नेछन् ।

एकनास बसिरहँदा खेलाडीहरुमा फिटनेसको समस्या आउने बताउँदै सानो समूह बनाएर प्रशिक्षण थालेको बार्यनले जनाएको छ । जर्मनमा जारी लकडाउनमा रहेका खेलाडीले सरकारले लगाएको नियमलाई पालना गरी प्रशिक्षण सुरु गरेको जनाएको छ । १४ मार्च यता यता पहिलो पटक अभ्यासमा उत्रिएको बायर्नले सरकारसँग समन्वय गरेर तयारी गरेको पनि विज्ञप्तीमार्फत उल्लेख गरेको छ ।