कोरोना भाइरस (कोभिड–१९) कारण विश्वभर ८८ हजार ५ सय ४३ को मृत्यु, १५ लाख १९ हजार ४ सय ४२ जना संक्रमित

बुधबार, एकै दिन अमेरिकामा १ हजार ९ सय २६ जनाले ज्यान गुमाए । यससँगै अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ७४ पुगेको छ । अमेरिकामा ४ लाख ६२ हजारमध्ये ३१ हजार ७० जना नयाँ संक्रमित थपिएका छन्

जनसम्मत
चैत्र २७, २०७६, बिहीवार

पोखरा । नोबेल कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट हालसम्म विश्वभर ८८ हजार ५ सय ४३ को मृत्यु भएको छ ।

त्यस्तै, कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ संक्रमित बनेका छन् । यसबाट ३ लाख ३० हजार ८ सय ९० जना निको भएका छन् ।

बुधबार, एकै दिन अमेरिकामा १ हजार ९ सय २६ जनाले ज्यान गुमाए । यससँगै अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ७४ पुगेको छ । अमेरिकामा ४ लाख ६२ हजारमध्ये ३१ हजार ७० जना नयाँ संक्रमित थपिएका छन् ।

बेलायतमा पनि बुधबार एकै दिन ९ सय ३८ जनाले ज्यान गुमाए । यहाँ हालसम्म ७ हजार ९७ जनाले ज्यान गुमाएका छन् । ६१ हजार ४ सय ७४ जना संक्रमितमध्ये ५ हजार ४ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् ।

बुधबार, स्पेनमा एकै दिन ७ सय ४७ जनाले ज्यान गुमाएका छन् । स्पेनमा हालसम्म १४ हजार ७ सय ९२ जनाले ज्यान गुमाएका छन् । त्यहाँ, १ लाख ४८ हजार २ सय २० संक्रमित छन् । जसमा ६ हजार २ सय ७८ जना नयाँ संक्रमित थपिएका छन् ।

बुधबार, इटालीमा एकै दिन ५ सय ४२ जनाले ज्यान गुमाएका छन् । हालसम्म त्यहाँ १७ हजार ६ सय ६९ जनाले ज्यान गुमाएका छन् । त्यहाँ, १ लाख ३९ हजार ४ सय २२ संक्रमित छन् । जसमा ३ हजार ८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् ।

जर्मनीमा मृत्यु हुनेको संख्या २ हजार ३ सय ४९ पुगेको छ । त्यहाँ, १ लाख १३ हजार २ सय ९६ संक्रमित छन् । जर्मनीमा ४६ हजार ३ सय निको भएका छन् ।