विश्व फुटबल महासंघ (फिफा) को नयाँ बरियतामा नेपाल उही १७० औंं स्थानमै कायम

पछिल्लो पटक कोरोना भाइरसका कारण कुनै पनि खेलकुद प्रतियोगिता खेल्न नपाएको नेपालले कुल ९७४ अंक हात पारेको छ

जनसम्मत
चैत्र २७, २०७६, बिहीवार

पोखरा । विश्व फुटबल महासंघ फिफाको नयाँ बरियतामा नेपाल १७० औं स्थानमा यथावत रहेको छ ।

हालौत्र फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७० औं स्थानमा यथावत रहेको हो । फिफा वरीयतामा नेपालले अघिल्लै महिनाको स्थानमा रहेको हो । पछिल्लो पटक कोरोना भाइरसका कारण कुनै पनि खेलकुद प्रतियोगिता खेल्न नपाएको नेपालले कुल ९७४ अंक हात पारेको छ ।

दक्षिण एशियाली देशमा नेपाल भन्दा माथि भारत र माल्दिभ्स रहेका छन । भारत १०८ औं स्थानमा छ । त्यसपछि, माल्दिभ्स १५५ औं स्थानमा कायम छ ।

नेपालभन्दा तल बंगलादेश भुटान, पाकिस्तान र श्रीलंका रहेका छन् । बंगलादेश १८७ औं स्थानमा छ । भुटान १८९ औं स्थानमा छ । पाकिस्तान २०० औं स्थानमा छ । त्यस्तै, श्रीलंका २०६ स्थानमा छ । एशियाली बरियतामा जापान शिर्ष स्थानमा रहेको छ ।

विश्व बरियतामा बेल्जियम शिर्ष स्थानमा कायम छ । फिफाको नयाँ वरीयतामा २१० देशमा एक देशको मात्र वरीयतामा फरकपन आएको छ । जसमा दक्षिण सुडानको मात्र वरीयता परिवर्तन भएको हो ।

नेपालसँगै २०९ देशहरु फिफाको नयाँ वरीयतामा यथावत छन् । ति देशहरुको वरीयता अघिल्लो महिनाकै वरीयतामा यथावत रहेको हो । विश्व फुटबलमा यति धेरै देशको वरीयता यथावत रहेको संभवतः यो पहिलो पटक हो ।