क्यानडाको टोरोन्टोमा आयोजना हुने वल्र्ड मास्टर एथलेटिक्स टोरोन्टो च्याम्पियनसीप पनि स्थगित

खेलभन्दा पनि खेलाडी, कर्मचारी, भोलेन्टियर्स, अफिसियल तथा खेलसँग सम्बन्धित अन्यको स्थास्थ्य र सुरक्षा पहिलो प्राथमिकता रहेकोले च्याम्पियनसीप हाललाई स्थगित गरिएको आयोजक कमिटीले पठाएको पत्रमा जानकारी गराएको छ

एजेन्सी
चैत्र २९, २०७६, शनिबार

यही जुलाई महिनाको २० देखि अगष्ट १ सम्म क्यानडाको टोरोन्टोमा आयोजना हुने वल्र्ड मास्टर एथलेटिक्स टोरोन्टो–२०२० पनि स्थगित भएको छ ।

विश्वमै महामारीको रुपमा रहेको कोरोना (कोभिड–१९) का कारण २०२० मा टोरोन्टोमा आयोजना हुने भनिएको च्याम्पियनसीप स्थगित गरिएको आयोजक कमिटीले जानकारी गराएको नेपाल मास्टर्स एथलिट एसोसिएसनका महासचिव भैरव शाहीले जानकारी गराएका छन् ।

खेलभन्दा पनि खेलाडी, कर्मचारी, भोलेन्टियर्स, अफिसियल तथा खेलसँग सम्बन्धित अन्यको स्थास्थ्य र सुरक्षा पहिलो प्राथमिकता रहेकोले च्याम्पियनसीप हाललाई स्थगित गरिएको आयोजक कमिटीले पठाएको पत्रमा जानकारी गराइएको छ ।

महामारी समाप्त भएपश्चात अर्को वर्ष च्याम्पियनसीपलाई सञ्ंचालन गर्नेतर्फ पनि आयोजक कमिटीले विचार गरिरहेको र उक्त कुराको जानकारीपछि सूचित गरिने पनि पत्रमा जनाइएको छ ।