युरो कपको प्ले–अफ म्याच अक्टोबर र नोभेम्बरमा गर्ने युुएफएको तयारी

युरो कप प्ले–अफ म्याचको सेमिफाइनलमा स्कटल्याण्डले इजरायलसँग खेल्नेछ । जसको विजेताले नर्वे र सर्वियाको विजेतासँग खेल्नेछ

जनसम्मत
चैत्र २९, २०७६, शनिबार

युरोपियन फुटबल महासंघले कोरोना भाइरसका कारण एक बर्ष पछाडी सरेको युरोकपको प्ले–अफ म्याच अक्टोबर र नोभेम्बरमा गर्ने तयारी गरेको छ ।

हाल कोरोनाका कारण रोकिएको फुटबल सेप्टेम्बरसम्म सुचारु हुने योजनाका साथ अक्टोबर र नाभेम्बरमा प्ले–अफ म्याच खेलाउने योजनामा युइएफए रहेको छ ।

युरो कपको ४ स्थानका लागि १६ टिमको प्रतिस्पर्धा भइरहेको छ । प्ले–अफको सेमिफाइनल अगाडी फुटबल बन्द भएपछि अब सेम्टेम्बरमा सेमिफाइनल र अक्टोबरमा फाइनल खेलाउने युइएफएले तयारी गरेको छ ।

युरो कप प्ले–अफ म्याचको सेमिफाइनलमा स्कटल्याण्डले इजरायलसँग खेल्नेछ । जसको विजेताले नर्वे र सर्वियाको विजेतासँग खेल्नेछ ।