रोकिएका फुटबल लिग लगायत अन्य गतिविधिहरु तत्काल शुरु हुँदैन : इन्फाटिनो

हाल, बेलारुस, बुरुण्डी, निकारागुवा तथा ताजिकिस्तानमा मात्रै फुटबल गतिविधिहरु जारी छन्

एजेन्सी
चैत्र ३०, २०७६, आइतबार

विश्व फुटबलको सर्बोच्च निकाय फिफाले रोकिएका फुटबल लिग तथा अन्य प्रतिस्पर्धाहरु तत्काल सुरु नहुने प्रष्ट पारेको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रोकिएका फुटबल खेलहरु चाँडै सुरु गर्नु गैरजिम्मेवार हुने बताएका हुन् । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वका प्रायः सबै फुटबल गतिविधि रोकिएका छन् । विश्वभरका घरेलु लिग तथा अन्तर्राष्ट्रिय खेलहरु पनि रोकिएका छन् । यो वर्ष हुने तय भएको युरोकप फुटबल अर्को वर्षका लागि सारिएको छ ।

यस्तै, कोपा अमेरिका फुटबल पनि एक वर्षका लागि पछि सरेको छ । फिफा अध्यक्ष इन्फान्टिनोले कुनैपनि खेल, प्रतिष्पर्धा, लिगका लागि व्यक्तिको जीवन जोखिममा पार्नु कुनै हालतमा उपयुक्त नहुने बताएका छन् । जोखिम लिनुभन्दा अझै केही बेर पर्खनु उपयुक्त हुने उनको तर्क छ ।

हाल, बेलारुस, बुरुण्डी, निकारागुवा तथा ताजिकिस्तानमा मात्रै फुटबल गतिविधिहरु जारी छन् ।