आइपीएल टी–२० क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित

भारतीय सरकारले आधिकारिक रुपमा लकडाउनको अवधि बढाएपछि बीसीसीआइले आइपीएलको औपचारिक रुपमा स्थगित भएको निर्णय गरेको छ

एजेन्सी
चैत्र ३०, २०७६, आइतबार

सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) टी–२० क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित हुने भएको छ ।

कोरोनाभाइरसका कारण अप्रिल १५ सम्मका लागि स्थगित गरिएको आइपीएल भारतमा लकडाउनको अवधि बढाइने भएसँगै अनिश्चितकालका लागि स्थगित गरिने भएको हो ।

शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै प्रदेशका मुख्यमन्त्रीसँग लकडाउनको अवधि बढाउने वा नबढाउने विषयमा छलफल गरेका थिए ।
छलफलमा सबै मुख्यमन्त्रीले लकडाउनको अवधि बढाउने सुझाव दिएका थिए ।

सुझावसँगै आइपीएल पनि स्थगित हुने भएको हो । अब सरकारले आधिकारिक रुपमा लकडाउनको अवधि बढाएपछि बीसीसीआइले आइपीएलको औपचारिक रुपमा स्थगित भएको निर्णय गरेको छ ।