सन् २०२१ अघि फुटबलको क्यालेन्डर सुचारु हुन कठिन छ : फिफा उपाध्यक्ष भिक्टोर

एजेन्सी
वैशाख २, २०७७, मंगलवार

अन्तराष्ट्रिय फुटबल महासंघ फिफाका उपाध्यक्ष भिक्टोर मोन्टाग्लिनीले सन् २०२१ अगाडी फुटबलको क्यालेन्डर सुचारु हुन निकै कठिन रहेको संकेत गरेका छन् ।

कोरोना भाइरसका कारण सबै फुटबल गतिविधि ठप्प रहेको अवस्थामा फिफा उपाध्यक्ष भिक्टोरले यस्तो धारणा राखेका हुन । केही दिन अगाडी फिफा अध्यक्ष जियोनी इन्फान्टिनोले कोरोनाबाट पूर्ण रुपमा अवस्था सामान्य नहुँदासम्म फुटबल गतिविधि सुचारु गर्नु उचिन नहुने धारणा राखेका थिए ।
यही बेला फिफाका उपाध्यक्ष भिक्टोरले पनि २०२१ को क्यालेन्डर अगाडी फुटबल सुचारु हुन नसक्ने संकेत गरेका हुन् ।

‘अन्तर्राष्ट्रिय फुटबल सुचारु हुन निकै कठिन छ,’ एपीसँग कुरा गर्दै भिक्टोरले भनेका छन्,’ ‘फुटबल सुरु भएपछि टिमहरुले भ्रमण गर्नुपर्ने हुन्छ । जसका कारण जोखिम झन बढ्नेछ ।’

उनले घरेलु फुटबल प्रतियोगिता सुचारुका लागि फिफाले पनि पहल गरिरहेको बताए । सेप्टेम्बरसम्म सुचारु गर्ने अन्तिम मिति रहेको तर अहिलेको अवस्थाले त्यो पनि भन्न कठिन रहेको भिक्टोरले बताए ।