नेपालमा कोरोना संक्रमितको संख्या १६ पुग्यो, सबैको स्वास्थ्य स्थिति सामान्य

संक्रमित १६ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

जनसम्मत
वैशाख २, २०७७, मंगलवार

पोखरा । नेपालमा सोमबार थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पुष्टिससँगै, यहाँ अब संमितको संख्या १६ पुगेको छ । नयाँ संक्रमितहरुको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ । यस्तै, संक्रमित २ जनाको काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।

त्यस्तै, बागलुङमा २ जनाको उपचार भइरहेको छ । वीरगञ्जको नारायणी अस्पतालमा ४ जनाको उपचार भइरहेको छ । सेती प्रादेशिक अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।

यस्तै, एक जना भने उपचार पछि निको भएर घर फर्किसकेका छन् । संक्रमित १६ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।