वैशाख १५ गतेसम्मका लागि १२ दिन थपियो लकडाउनको अवधि

पछिल्लो समय कोरोनाका संक्रमितको संख्या बढ्दै गएपछि थप सचेतनाका लागि लकडाउनको अवधि बढाइएको सरकारले जनाएको छ

जनसम्मत
वैशाख २, २०७७, मंगलवार

पोखरा । सरकारले लकडाउनको समय १२ दिन थपेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय १२ दिन थप्ने निर्णय गरेको हो ।

कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । पछिल्लो समय कोरोनाका संक्रमितको संख्या बढ्दै गएपछि थप सचेतनाका लागि लकडाउनको अवधि बढाइएको सरकारले जनाएको छ ।

नेपालमा हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये १ जना निको भएका छन् । बाँकी १५ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।