भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आइपीएल स्थगित भएको  फ्रेन्चाइज टोलीलाई जानकारी गरायो

भारत सरकारले थप ३ साता लामो लकडाउन लकडाउन अवधि थपेपछि (आइपीएल) क्रिकेट अनिश्चित कालका लागि स्थगित भएको हो

एजेन्सी
वैशाख ३, २०७७, बुधबार

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आइपीएल) स्थगित गरिएको फ्रेन्चाइज टोलीलाई जानकारी गराएको छ ।

भारत सरकारले थप ३ साता लामो लकडाउन लकडाउन अवधि थपेपछि (आइपीएल) क्रिकेट अनिश्चित कालका लागि स्थगित भएको हो ।

यसअघि, अप्रिलको १५ देखि हुने आइपीएलको मिति तय गरिएको थियो । आइपीएल अनिश्चिकत कालका लागि स्थगित भएको हो । आइपीएलको नयाँ मितिबारे कुनै उल्लेख गरिएको छैन ।

बीसीसीआइका अध्यक्ष सौरभ गांगुलीले देशले संकट झेलेका बेला खेल प्राथमिकतामा नरहने बताउँदै आएका छन् । बीसीसीआईले आइपीएल स्थगित गरेको जनाएपनि रद्ध नै भएको भनेर उल्लेख गरेको छैन ।

अब, आइपीएल सेप्टेम्बर वा नोभेम्बर महिनामा सक्ने विकल्प छ । त्यसका लागि आइसीसीसँगको सहकार्यमा एसिया कप लगायत अन्य ठूला प्रतियोगिता मिलाउनुपर्ने हुन्छ ।