कोरोनाविरुद्धको लडाईमा इङ्ल्यान्ड महिला फुटबल टिमको सहयोग

महिला टिमले ‘प्लेयर्स टुगेदर फन्ट’ मार्फत कोरोनाविरुद्ध लड्न सहयोग गरेका हुन्

एजेन्सी
वैशाख ३, २०७७, बुधबार

इङ्ल्यान्डको महिला फुटबल टिमका खेलाडीले कोरोना भाइरसविरुद्धको लडाईका लागि आर्थिक सहयोग गरेका छन् ।

महिला टिमले ‘प्लेयर्स टुगेदर फन्ट’ मार्फत कोरोनाविरुद्ध लड्न सहयोग गरेका हुन् । इङ्ल्यान्डको महिला टिमका कप्तान स्टेप होटनसहित एलिन ह्वाइट र टोनी दुगानले सामाजिक सञ्जाल ट्वीटरबाट सहयोग गरेको बताएका छन् ।

कोरोनाविरुद्ध लडिरहेका नेसनल हेल्थ सर्भिस (एनएचएस) लाई सहयोग गर्ने उदेश्यले प्रिमियर लिग क्लबका खेलाडीले ‘प्लेयर्स टुगेदर फन्ट’ स्थापना गरेका थिए । कोरोनाको कारण इङ्ल्यान्डमा १२ हजार बढीको मृत्यु भइसकेको छ । कोरोना भाइरसका कारण विश्वभर १ लाख १० हजार बढीको मृत्यु भइसकेको छ ।