अन्तराट्रिय टेबल टेनिस संघ (आइटीटीएफ) को वरीयतामा नेपालका स्यान्टु श्रेष्ठको एक स्थान सुधार

स्यान्टुले आइटीटीएफ वरीयतामा ३९५ औं स्थानमा उक्लिएका हुन्

जनसम्मत
वैशाख ४, २०७७, बिहीवार

पोखरा । नेपालका स्यान्टु श्रेष्ठले अन्तराट्रिय टेबल टेनिस संघ (आइटीटीएफ) को वरीयतामा एक स्थान सुधार गरेका छन् ।

अन्तराट्रिय टेबल टेनिस संघ (आइटीटीएफ) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालका स्यान्टु श्रेष्ठले एक स्थान सुधार गर्दै माथि उक्लिएका हुन् । स्यान्टुले आइटीटीएफ वरीयतामा ३९५ औं स्थानमा उक्लिएका हुन् ।

यसअघि, उनको आइटीटीएफ वरीयता ३९६ औं स्थानमा थियो । गत मार्चमा भएको वरीयतामा उनी ५६२ औं स्थानबाट १६६ स्थान माथि उक्लदै ३९६ स्थानमा आइपुगेका थिए । बिहीबार सार्वजनिक भएको नयाँ वरियतामा स्यान्टुले फेरि एक स्थान सुधार गर्दै ३९५ औं स्थानमा आइपुगेका हुन् ।

स्यान्टुसँगै टेबल टेनिसको विश्व वरीयतामा नेपालका पुरुषोत्तम बज्राचार्य ५९४, अमर मल्ल र संयोग कपाली ७१८, बिनेश कन्ह्ैया र सुनिल मर्हजन ९९७ औं स्थानमा छन् ।

पुरुषतर्फ विश्व वरीयतामा ११५ औं स्थानमा रहेको नेपाल महिलातर्फ ८० औं स्थानमा रहेको छ । त्यस्तै, महिला खेलाडीहरुको वरीयतामा नेपालकी नविता श्रेष्ठ ३५६, सिक्का सुवाल ५३३, एलिना महर्जन ५५३, स्वेक्षा नेम्बाङ ८०५, दिक्षा तामाङ ८०५ र रविना महर्जन १ हजार ९९ औं स्थानमा रहेकी छिन ।