ललितपुरको सातदोबाटोस्थित एन्फा एकेडेमी भवनलाई क्वारिन्टिन बनाइदैं

क्वारिन्टिनका लागि १४ कोठा प्रयोग हुने बताइएको छ । जसमा २० जनासम्मलाई क्वारिन्टिनमा राख्न सकिने जनाइएको छ

जनसम्मत
वैशाख ५, २०७७, शुक्रबार

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित एन्फा एकेडेमीको भवन क्वारिन्टिनका लागि प्रयोग गरिने भएको छ ।

ललितपुर महानगरपालिकाको आग्रहमा एन्फाले एकेडेमी भवन प्रयोगका लागि दिन लागेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितको टोलीले बिहीबार एकेडेमीको निरीक्षण गरेका थिए । क्वारिन्टिनका लागि १४ कोठा प्रयोग हुने बताइएको छ । जसमा २० जनासम्मलाई क्वारिन्टिनमा राख्न सकिने जनाइएको छ ।

एन्फा अध्यक्ष शेर्पाले अहिलेको महामारीका बेला एन्फा सहयोग गर्न तयार रहेको अध्यक्ष बताए । उनले एन्फाको होस्टेलमा सबै सुविधा भएकाले क्वरिन्टिनका लागि उपयुक्त हुने बताए । प्रयोग गर्ने या नगर्ने निर्णय गर्ने अधिकार भने ललितपुर महानगरपालिकालाई रहेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

यसअघि नै एन्फाले आफ्नो भौतिक पूर्वाधार क्वारिन्टिनका लागि प्रयोग गर्ने दिने निर्णय गरेको थियो । रौतहटस्थित महिला एकेडेमीमा प्रदेश २ को सरकारले ४० जनालाई क्वारिन्टिनमा राखेको छ । एन्फाले गत साता आफ्नो २ एम्बुलेन्स कोराना भाइरसको नियन्त्रण नहुँदासम्मका लागि लतिलपुर महानगरलाई प्रदान गरेको थियो ।