युएस ओपन टेनिस प्रतियोगिता निर्धारित समयमै हुने आयोजक अमेरिकी टेनिस संघको दावी

सबै प्रकारको सम्भावना खुल्ला रहेको र प्रतियोगिताबारे अन्तिम निर्णय जुनमा लिइने

एजेन्सी
वैशाख ६, २०७७, शनिबार

युएस ओपन टेनिसको आगामी प्रतियोगिताको आयोजना निर्धारित समयमै हुने प्रतियोगिताका आयोजकले विश्वास व्यक्त गरेका छन् ।

अमेरिकी टेनिस संघका प्रमुख कार्यकारी माइक डोसले सबै प्रकारको सम्भावना खुल्ला रहेको र प्रतियोगिताबारे अन्तिम निर्णय जुनमा लिइने बताए । तर, संघको लक्ष्य दर्शकसहितको प्रतियोगिता नै रहेको उनले स्पष्ट पारेका छन् ।

न्यूयोर्कको नेसनल टेनिस सेन्टर अहिले अल्पकालीन अस्पतालका रूपमा प्रयोग भई कोरोना संक्रमितको उपचार भइरहेको छ ।

यसअघि नै युएस ओपनको प्रतिगागिता अगस्ट ३१ देखि सेप्टेम्बर १३ तारिखसम्म हुने तय भएको छ ।  हालसम्म यो नै निर्धारित समयमा हुनसक्ने एक मात्र टेनिसको ठूलो प्रतियोगिता रहेको छ ।