सिजनको बाँकी प्रिमियर लिग फुटबल प्रतियोगिता सक्न इङ्लिस क्लबहरु सहमत

भिडियो कन्फरेन्समार्फत बसेको क्लबहरुको बैठकले सिजनको बाँकी खेलहरु सक्न सहमति जनाएका हुन्

एजेन्सी
वैशाख ६, २०७७, शनिबार

यस सिजनको इङ्लिश प्रिमियर लिग फुटबल प्रतियोगिता सक्न क्लबहरु सहमत भएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको लिगका बाँकी खेलहरु सक्न क्लवहरु सहमत भएका हुन् । भिडियो कन्फरेन्समार्फत बसेको क्लबहरुको बैठकले सिजनको बाँकी खेलहरु सक्न सहमति जनाएका हुन् ।

कोरोनाको संक्रमण फैलन सक्ने भन्दै लिग अप्रिल ३० तारिखसम्म स्थगित गरिएको छ । गत मार्च १३ पछि लिगका कुनैपनि खेल भएको छैन ।

स्थगित लिग सक्न सहमत भएपनि क्लबले लिग सूचारु गर्ने मिति भने तय गर्न नसकेको समाचार छ । यसअघि आगामी जुन ३० तारिखसम्म लिग सक्ने क्लबले योजना बनाएको थियो ।

यद्यपी, कोरोना भाइरस नियन्त्रणमा नआएसम्म लिग सुचारु नगर्ने सहमतिमा पुगेको बताइएको छ । प्रिमियर लिगको नयाँ सिजन अगष्टमा सुरु हुने गर्छ ।