चीनमा विश्वकै ठूलो एभरगार्ड फुटबल रंगशालाको निर्माण कार्य शुरु

कुल १ लाख सीट क्षमताको एभरगार्ड रंगशालामा १ सय ६८ भीआईपी बक्स रहनेछ

एजेन्सी
वैशाख ६, २०७७, शनिबार

चीनमा विश्वकै ठूलो एभरगार्ड फुटबल रंगशालाको निर्माण कार्य सुरु गरिएको छ ।

चिनियाँ सुपर लिग क्लब गोन्जाओ एभरगार्डले रंगशालाको निर्माण कार्य सुरु गरेको हो । चीनमा अहिले कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि गोन्जाओले आफ्नो घरेलु रंगाशालाको निर्माण कार्य शुरु गरेको हो ।

सन् २०२२ सम्म एभरगार्ड रंगशालाको निर्माण कार्यसक्ने लक्ष्य छ । कुल १ लाख सीट क्षमताको एभरगार्ड रंगशालामा १ सय ६८ भीआईपी बक्स रहनेछ । रंगशाला निर्माणको अनुमानित बजेट १ दशमलब ३६ विलियन पाउण्ड छ । गुलाफ फुलको आकारमा रंगशाला निर्माण हुनेछ ।